हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आकाशमा उडिरहेका गिद्धहरू

नर बहादुर दाहाल, (दार्जिलिंग)


सिनू खान पल्केका

गिद्धहरू,

आज पनि

सिनू देखेरै होला,

आकाशमा कावा खाँदैछन् ।


उनीहरुको पदचाप सुनेर

फूलहरुको सौन्दर्य ओइलाउँछ .

उनीहरुको नजर लागेपछि

नदी-नालाहरू सबै सुक्दै जान्छ,

किनभने

उनीहरुलाई जीवन चाहिँदैन,

मृत्यु भए पुग्छ ।

 

सुन्दर, रमाइलो, सुखद

जीवनसंग

उनीहरू सधैं विक्षुव्ध छन् ।

 

संगीतको सुमधुर लयमा भन्दा

बन्दुक र बमको आवाजमै

उनीहरु विमुग्ध छन ।

यसैले त

उनीहरू

सधैं अतृप्त छन् ,

अनि

पानी पिएर होइन,

रगत चुसेरै

प्यास मेटाउँछन् |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |