हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विद्या सापकोटा, (हालः शंकरदेव कलेज, काठमाण्डौं)


साँझ ढल्दै जाँदा तिम्रो यादले मार्छ मलाई
हावा चल्दै जाँदा तिम्रो यादले मार्छ मलाई ।।

लहरिन्छौ स्पर्शमा लुकामारी खेल्दा पवन
आशा फल्दै जाँदा तिम्रो यादले मार्छ मलाई ।।

झलमल्ल आकाश नजरमा तिमी केवल
जून बल्दै जाँदा तिम्रो यादले मार्छ मलाई ।।

लुकिलुकि हान्छौ तीर हुन्छु म त्यसै घायल
आँखा छल्दै जाँदा तिम्रो यादले मार्छ मलाई ।।

सुनिदेउ न एकपल्ट धड्कन आफ्नै नामको
मुटु जल्दै जाँदा तिम्रो यादले मार्छ मलाई ।।

 

Comments

ramkrishna poudel

nice gazal like this

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |