हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

प्रकाश सायमी, (गोधूलि संसार, भैँसेपाटी , ललितपुर)


फूल भए पनि राम्रो काँडा भए पनि राम्रोे
विना शर्त माया गरेँ टाढा भए पनि राम्रो

तिम्रो नाउँ कहिले रगतले लेखेँ कहिले आँसुले
नमेटिए त के भो मसी गाढा भए पनि राम्रो

म विनाको एउटा संसार देख्यौ आज तिमीले 
सँधै समथर कहाँ हुन्छ डाँडा भए पनि राम्रो

ढुँगा सम्झी टेक्यौ, थुँगा सरि फ्याँक्यौ फेरि
नविक्ने त हैन म,  थोत्रो भाँडा भए पनि राम्रो

सिरानीमा थियौ सँधै तिमी  विहानीमा गयौ
हिजो पनि अधुरो थेँ, आज आधा भए पनि राम्रो

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |