हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सात सामाजिक पाप

हरि घिमिरे, (भर्जिनिया)


  १
राजनीति सँधै हुन्छ तर सिद्धान्त चाहियो
बिना सिद्धान्तमा हिड्ने क्षणभङ्गुर पाइयो

परिश्रम गरेमात्र कमाइन्छ धेरै धन
धनभित्र परिश्रम् होस् तब बनिन्छ सज्जन

आनन्द लिन जान्नेले विवेकी बन्नु पर्दछ
बिना विवेकी आनन्द पाप नै ठान्नु पर्दछ

खरो चरित्रको ज्ञानी ज्यादतीपूर्ण हुन्छ हे
सुसत्च्चरित्रको मान्छे स्वर्गको धुरी छुन्छ हे!

ब्यापार जसले गर्छ सम्झनुपर्छ-त्यो स्थिति
बिना नैतिकता कहाँ चल्छ जीवन पद्धति?

विज्ञान आजको शान चरम् उत्कर्ष देखियो
बिना मानवता त्यस्को राक्षसी रुप भेटियो

देशको वा अरुका नै भक्त ज्यादै बने पनि
वलिदानबिना कैल्यै मूल्य यौटै हुँदैन नि!!

Comments

हरि घिमिरे

१ सिद्धान्तको  बिनाको राजनीति
२ परिश्रम बिनाको धन
 ३ विवेक बिनाको आनन्द
४ चरित्र बिनाको ज्ञानी
५ नैतिकता बिनाको व्यापार
६ मानवता बिनाको विज्ञान
७वलिदान बिनाको भक्ति

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |