हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

निलो शिरिष !

दिप्स शाह, (इजराएल)

 

जैतुनको हाँगो टेकेर  

विरह बोल्ने ढुकुर जोडी कुर्लन थाले

भूमध्यसागरको बैँशालु हावा

तन मन छोएर बहन थाले

फेरी बाटैभरी निला शिरिष झुल्न थाले,

हरेकपटकको ओहोरोदोहोरमा

टक्क उभिन्छु र अनुहार थापेर नियालिरहन्छु,


झर्दैगरेको एक्झुप्पाले मिठो थप्पड गालामा हान्दा

आँखाबाट बिछोडका पीडा यसरी ओइरिदिन्छन् ..

बितेका हरएक कहालीलाग्दो एकाकीप
सोहोरेर आँखामा ल्याइदिन्छ यो निलो शिरिषले

म उँभो हेरिरहन्छु एक डालो निलो झुप्पा,


ओहो! कति पटक यि पोथ्रा यसरीनै निलाम्य भए

शिरिष फुले झरे फुले झरे

हरेक पटकको यो निलो शिरिषले

मलाई 'तिमी' सम्झाउँछ

तिमीसङ्गको बिछोड सम्झाउँछ

हामी बिचको दुरी सम्झाउँछ

यो चौथो वसन्त पर भागेछ

मेरो हृदयको शिरिष 'तिमी'

यो आँखाको  सामुन्ने नफुलेको नझुलेको !!


यो ताजा निलो शिरिष च्वाक्क म्वाइ खाएर

उँभै हिमालतिर फर्केर एक झोंका श्वास फ्याँकेकोछु

कतै तिमी सम्म पुगोस यो शुवास

यो शिरिष देखी त्यो शिरिषसम्म

मनदेखीयो त्यो मनसम्म

यो मनदेखी त्यो मनसम्म ।।।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |