हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

अर्जुन प्रधान, (मिनेसोटा, अमेरिका)


म अन्तिम घोरिएछु अधुरा तस्बिरमा
छिनमा एक्लै बोलि रह्यो कुरा तस्बिरमा

क्यानभासमा उनि सुन्दरताले सजिएकी
उसै राम्रा सिंदुर अनि चुरा तस्बिरमा

हिमाल देखि तराइ सब मिलेको रङ्ग
नजिक रहि मातिरहे आँखा सुरा तस्बिरमा

प्रेमलिलाको अन्तिम नाटक पागलपनमा
जर्बजश सोझो बनाएछु छुरा तस्बिरमा

दिनरात सपनीमा उनका कुरा हरेक गरे
सुम्सुमाए अनि थाह भो, टुहुरा तस्बिरमा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |