गीत
केदार श्रेष्ठ\'गगन\', (भीमस्थान-५सिन्धुली, हाल-दुवई,यू.ए.ई.)
म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।
तिम्रो अधर पिइरहूँ प्याला भरिभरी
तिम्रो नजर चुमिरहूँ हरघडी घरिघरी
तिमी स्वप्न सुन्दरी यो सहरको
म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।
चाहना अनेक मान्छे एक रुप थरीथरी
पुतलीझैँ झुम्मिएका छन् तिम्रै वरिपरी
पत्थरमा तिमी शालीग्राम हौ बगरको
म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।