गजल
प्रकाश सायमी, (गोधुली संसार)
दुश्मनले देख्नेछ एकदिन उठेको लाश मेरो
बरबाद गरे के भो, पढ्नेछ इतिहास मेरो
पाइलैपिच्छे आगो होला, बाटै पछि धराप कति
रोकिन्न यात्रा अब चलिरहन्छ एकनाश मेरो
कठोर होलान् बोली वचन, त्यस्तै होला गाली
भोलि तारिफ मै शत्रुसारा भन्नेछ मिजास मेरो
केको चासो राख्नु यार, अब लिनु र दिनुको
मार्न मलाई मरिमेट्ने गर्नेछ अब आश मेरो
साक्षी रहला, बाँकी रहला मसँग जाल गर्नेहरु
छेकेर छेकिन्छ कहाँ अब देहको प्रकाश मेरो