हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

परिवर्तन

विपुर्ण तारा, ()


राजनीतिक शिक्षा र राजनीतिक बिकाशको

चकमन्न मेरो गाउँमा ,

कुनै एक राजनीतिक मान्छे

धपक्क बलेर

अन्धकारमय मेरो घरमा

आपतकालिन अवस्थामा झै,

उ लुते कुकुर लुसुक्क शरण लियो ।

 

मेरा आशाका दियो बालेर

उसको व्यक्तित्वलाई नियालेपछी

र उसले राजनीतिक पढाएपछी

मेरो एक भोटको आश्वासनपछी

भोटे कुकूर झै अर्को घर झम्टीयो ।

 

हम्मे थियो मलाई

उसका राजनीतिक कुरा बुझ्न

उसका बिकासका कुरा बुझ्न

किनकी विकट म,

अनि विकट मेरो गाउं,

यस्तो कुरा बुझ्दैन ।

 

मेरो गाउँमा बिका भएको छैन

मेरो गाउँमा के छैन

मलाई थाछैन

तर उसले बतायो

र भन्यो बिका गर्छु

मेरो एक भोट पछी

उसको जितमा ऊ हाँस्यो

उ गयो ।

चुनाव आयो चुनाव जित्यो

उ गयो

तर कहिल्यै नि बिकास आएन, न त उ आयो

उसलाई खोज्न म

उसका कार्यालय धाए

देखे

उ मन्त्री भएछ

थोरै गर्व लाग्यो

तर दुख धेरै, किन कि

उसले मलाई चिनेन

र मेरो भोट ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |