हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बदलिएछौ तिमी

लालीगुराश, (काठमान्डाै)

बदलिएछौ तिमी कहिले

पहिला जस्तो छैनौ अहिले

कसुर कस्को थियो कुन्नी

बुझ्नै सकिन मैले, बुझ्नै सकिन मैले ।

 

पहिला पहिला तिम्रो साथ

शितल छहारी लाग्थ्यो मलाई

अहिले किन तिम्रा हरेक बोलिले

मारीदिन्छन् सारा सपना जलाई

सोचेको नै थिइन मैले जीवनमा

यस्तो दिन आउला भनी

सपना सबै उडे मेरा पिडासंगै धूवां बनी ।

 

बदलिएछौ तिमी कहिले.........................

 

एकैछिनको मीठो साथमा

लाग्थ्याे पुरै जिवन जिएं मैले

स्वर्ग भन्ने मिठो भोगाइ

धर्तीमा नै पाएं मैले

तर किन घृणाको राप दियौ

भित्र भित्रै जली जली

बिषको प्याला पिएं मैले

 

बदलिएछौ तिमी कहिले.........................

 

जोडी हाम्रो यस्तो थियो

मुना मदन भन्थे सबले

तिमी बिना मर्छु होला

भन्ने गर्दथ्यो मेरो मनले

वचन तोडी गयौ बैगुनी

पिडा मेरो भागमा पारी

खुशीसाथ जीउनु तिमी

मै बांचुला मरी मरी

बिर्सेउ होला मलाई तिमीले

बिर्सनु म कसोगरी ।

 

बदलिएछौ तिमी कहिले

पहिला जस्तो छैनौ अहिले

कसुर कस्को थियो कुन्नी

बुझ्नै सकिन मैले, बुझ्नै सकिन मैले ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |