हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रेमको अनुरोध

मिरा प्रसाई शर्मा, ()

मलाई मन छ
म मरेको थाहा नहोस् मेरो पतिलाई
म जलेको पनि थाहै नहोस् मेरो उनिलाई
औधी माया गर्छन् उनी मलाई |
 
मलाई थाहा छ
भक्कानिने छन मेरो बिछोडमा उनी
पिताम्बर बिच मेरो चिता जल्दा सँग सगै जल्ने छन
आहतमा पल पल दुख्ने छन |
 
देख्दै छु म कल्पनामा आजै
मेरो अबसान पछीको सन्नाटामा
मृत्‍यु सैय्यामा छटपटाउने छन उनी पूर्वभास भो मलाई
उन्को धुक्धुकी मामा थियो अनी |
 
सम्झन्छु म अहिले
मेरो मृत्‍यु सपना के देख्दा
भारी बिमारले थिचिएथे उनी
साच्चै मृत्‍युको आभासले के होला उनिलाई |
 
हो पहाडले थिच्नेछ उनिलाई
ज्वलामुखी बिस्पोट हुनेछ छातीमा
पल पल जल्ने छन उनी
पलासको फूल झै बन्ने छन उनी |
 
मलाई थाहा छ
औशिको अध्यारो सन्नाटाले छोप्ने छ उनिलाई
काच् झै टुट्ने छन
आसुको रह रह भित्र डुब्ने छन उनी |
 
उनको प्रेमिल भावनामा हराएकी छु कयौ पटक
मुटु भित्र धिरोदत्त लुकाएका छन मलाई
प्राणलाई भन्दा अधिक मोहको डोरिले बाधेर
प्रेमको सुत्रले अङगालोमा गुणा गरेर |
 
भन्दिन म अमर रहु , गर्दिन सन्देह
सास्वत प्रकृतिको अगाडि
बिन्ती पत्र चढाउछु बरु ईश्वरसँग
अदम्य उनको साहसका लागि |
 
त्यसैले भन्छु म
म मरेको थाहा नहोस् मेरो पतिलाई
म जलेको पनि थाहै नहोस् मेरो उनिलाई
थाहै नहोस् मेरो उनिलाई |
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |