हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मैले त्यत्तिकै छातीमा आमा खोजेको कहाँ हो र?

दीपक जडित, (हवाई, अमेरिका )


जे जे थिए
मेरो छातीमा
जस्तो जस्तो थिए
मेरो छातीमा
ती सबै सबै
ठीक ठीक थिए
दुरुस्त दुरुस्त थिए
र साबिक बमोजिम नै
अझै पनि छन् |


फेरिपनि
घरि-घरि छातीमा हात राखेर
म आफन्तहरु छाम्ने गर्छु
म माटो मुसार्ने गर्छु
म देश सुम्सुम्याउने गर्छु
हो म छातीमा छामी छामी
आमा खोज्ने गर्छु |


अचेल मलाई
यो बात लागेको छ कि
मैले आफन्त बिर्सेको छु
मैले माटो भुलेको छु
मैले देश छोडेको छु
मैले आमा त्यागेको छु |


मलाई
माटो कोर्न बन्देज भन्ने
देश लेख्न मनाहि गर्ने
आमा भन्न रोक लगाउने
दाजुभाइहरु
कित्ता कित्ता छुट्टिएर
उफ्रि उफ्रि भन्छन्
माटो छोडेर जाने छोरो
अब छोरो रहने छैन
उसको नाममा
माटोको अँश हुने छैन
माटोको भाग लाग्ने छैन
माटो त आमा हुन्
उसले त्यहि माटो छोडेर गयो |

तर आमा अझै
सुस्तरी भन्छिन्
'..परदेशमा एउटा छोरो
मेरै सपना आँखामा लिएर
भौंतारिएको छ
आउनेछ फर्किएर एकदिन उ
यहि माटोको मायाले..' |


बात लगाउनेहरु
मान कि नमान
मैले त्यत्तिकै
छातीमा माटो मुसारेको कहाँ हो र?
मैले त्यत्तिकै
छातीमा देश छामेको कहाँ हो र?
मैले त्यत्तिकै
छातीमा आमा खोजेको कहाँ हो र?


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |