हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अर्थहीन सम्बन्ध

राजु शर्मा , (काठमान्डौ )


महानगरपालिकाका छांट कांट नमिलेका अत्याधुनिक बंगलाहरु
,
यत्र तत्र छरपस्ट भएर छरीएका छन् । बिकाका उपज हो या प्रकृति प्रतिको मान्छेको अतिक्रमण । लटरम्म धानका बालाहरु झुल्ने खेतका फांटहरुमा बडेमाका सिमेन्टका बगंलाहरु ठडिएका छन् । थरी थरीका तरकारीरू फुल्ने बारिका पाटाहरुमा अटेस मटेस कोचिएका छन् मानबताका बस्तिहरु । जता ततै आधुनिक बिकासे बंगलाहरु लटरम्म भएर फुलेका छन् ।

आधुनिक घरहरुको थुप्रोमा एउटा भिन्नै प्रकारको अत्याधुनिक बंगला ठडिएको छ । आधुनिक बन्ने प्रतिस्पर्धामा त्यस बंगलाले पनि राजस्थानी मार्बल, बेल्जियम सिसा, ईटालिएन टाएललाई नै रोजेको छ । बेडरुम, डाईनिङ रुम जता ततै आयातित महंगा सजिसजाउका समाग्रीद्धारा सिगारिएर राखिएको छ । आधुनिक बंगलाको, आधुनिक कौशिको मध्य भागमा आधुनिक फलामे झोलुङगे पिङ सजाईएको छ । त्यहि पिङमा दुबै खुट्टा झोलाएर एउटी शिक्षित महिला आधुनिक पिङमा झुलि रहेकि छे । भब्य र बिशाल देखिने आधुनिक बंगलाको छाति, ढाड, टाउको, खुट्टा कतै पनि उ टास्सिएर रहन सकेकि छैन । यत्रो ठूलो संसारमा उ आफुलाई एक्लो महसुस गर्दै आई रहेकिछे । हुन पनि उस्को आफनो भन्नु लोग्नेरुपि आकृति सिबाए यस घरको सिमाना भित्र अरु कोही छैन् ।

बिगत र बर्तमानलाई मनको तराजुमा राखेर तौलने प्रयत्न गर्ने कोशिस गर्न पनि उ चाहन्न । बिगतलाई बर्तमानमा ल्याएर विगतप्रतिको उपहास गर्न उ पटक्कै चाहन्न । विगतको चाहना र बर्तमानको भोगाई बिचमा उ आफुलाई आफैंबाट एक्लो महसुस गर्दै गैरहेकि छे ।

बिगतमा अभाब थियो । पिडाहरु अनगिन्ति थिए । गाँउले जीबनको भोगाईमा पनि खुसि र निर्भएको जीबन बांच्थी उ । आमा बाबुका धेरै संन्तान मध्यकी उ मझौला संन्तानको रुपमा यस धर्तिमा आएकी थिई । कहाली लाग्दो निरासामय जीन्दगीमापनि आफुलाई सम्हालेर राख्न सकेकि थिई ।

Affiliate Program ”Get Money from your Website”

कातिर विगत र अर्को तिर वर्तमानलाई राखेर जोख्न खोज्दा पनि वर्तमानलाई विगतले नै उछिन्ने गर्छ । हुनत बर्तमानमा उ एउटी शिक्षित आधुनिक नारीको उपाधिबाट पुजिएकी छे । उसका वरीपरी जता ततै आधुनिक र सभ्य समाजका नब भलादमीहरु ठडिएका छन् । उस्को घरमा आधा दर्जन त घरेलु कामदार कार्यरत छन् । उनलाई बिलासिताले वरिपरी घेरीएर राखिएको छ । अभाब भन्ने कुरो कतै काहि देखिदैन । तर यि सब बाहिरी मूल्याङन मात्र हुन । अन्तरआत्मामा त उ खोक्रो बनिरहेकि छे । त्यसैले उस्को मनको तराजु बिगप्रति बफादार बन्छ र उतै ढल्कन्छ ।

जुन दिन उस्को लोग्नेले उस्लाई यस घर भित्र भित्र्यायो त्यो दिन देखि उस्को अबमूल्यन हुने क्रम शुरु भयो । एउटी गरीब, गांउकी केटिप्रति लोग्नेले अलि कति सहानुभूतिको पोको फोएकै हो । यत्रो ठूलो बंगलामा भित्रयाएकै हो । श्रीमतीको पदमा नियुक्ति पनि गरेकै हो । अलि कति मायां बर्साएकै हो । तर बढ्दै बढ्दै गएको मायांको प्यासलाई लोग्नेरुपी मानबले तिर्खा मेटन नसकेकोले नै उस्को बेचैन बडेको हो ।

हाबाको एक मुस्लो उनको शरिरलाई स्पर्श गर्दै बिपरित दिशा तिर हुत्तिन्छ । बरण्डामा बेलायती कुकुर एक्कासी भुक्न थाल्छ । अनायासै उनको नजर बेलायती कुकुरमा गएर अडिन्छ । कुकुरको घांटिमा बाधिएको छालाको बाक्लो पट्टीमा गएर आंखा टांसिन्छ । छालाको बाक्लो पट्टिमै टांस्सिएरै बसेका छन् ससाना घुङरुहरु । जुन कुकुर यता उती गर्दा बज्ने गर्छ र एक किसीमको मधुर झनकार पैदा हुन्छ । त्यसबाट उत्पन्न हुने मधुर धुन सुन्न सधै मालिकका कान ठाडा भै दिन्छन् । आफनो मनोरजनको लागि मालिक सधैं हातमा खानेकुरा लिएर होस वा कुनै खेलाउना खेलाएर होस कुकुरलाई यता उता नचाई रहन्छ । कुकुर आफनो कर्तब्यमा सधैं दत्त चित्त छदैंछ । उस्लाई सधैं भ्याई नभ्याई यता उता कुदि हिडनु पर्छ । कुकुर ईमान्दार र बफदारको प्रतिमूर्ति भएरै मलिकको प्यारो साबित भएको छ । मालिकको बिश्वासमा कुकुर निकै ईमान्दार प्रमाणित भैसकेको छ । त्यसैले कुकुरलाई सिक्रिले बाधनु परेको पनि छैन् । कुकुर यस घर प्रति निकै कृतज्ञ भएर होला ? घरको चार घेराबाट बाहिर पलाएन हुने दष्प्रयास पनि गर्दैन् ।

आफुलाई कुकुर सगं तुलना गर्ने प्रयास दोहोरर्याउँछे । जुन प्रयास उनको नियमितता भित्रै पर्छ । मानबरुपि चेतनाले कुकुरसंगको तुलना सहज स्विकार गर्दैन । चेतनामा स्विकार गरोस वा नगरोस वास्तबिकतामा कुकुरसगं उनको तुलना हुन सक्तैन । यस घरको चार कित्ता भित्र उ कुकुर भन्दा पनि हेपिएको महसूस गर्दै आईरहेकी छे । त्यसैले त एउटा पशुको जत पनि आफनो अस्तित्व नभएको उ महसुस गर्दै आई रहेकी छे । जति प्रयत्न गर्दापनि आफुलाई प्रशन्न बनाउन सकिरहेकी छैन । बिलासिताको कुनै कमी छैन । नोकर चाकरको पनि अभाब देखिदैन् । मिठा मिठा स्वादिला खुराकहरुको पनि अभाब देखिदैन । वरी परीको बाताबरणमा एउटा छिद्रा पनि देखिदैन अभाबको । तै पनि उ बेचैनिले छटपटाउन छोडदिन । हुन त उ कुकुर जति बफादार भएर मालिकको आगमनमा पुच्चछर हल्लाएर स्वागत गर्ने हिम्मत जुटाउन सक्तिन । न त स्वागत गरे जस्तै गरी दुबै हात फैलाएर मायांको स्वाङ रच्न जान्छे । एक टुक्रा जुठो हाड र एक रिकापी जुठो भातमा मक्ख परेर अत्यन्त प्रफुल्ल र बफादार पहरेदार बनेर मालिकलाई मनोरन्जन दिने र मालिकको सुरक्षा प्रदान गर्नु आफनो कर्तब्य ठान्ने कुकुर र उनमा तुलना हुनै सक्तैन । उनको चेतनामा वाहिरी संसारको सुख सुबिधा भन्दा अन्तर मनको शान्ति र चयन नै प्यारो लाग्छ ।

उनले कुनै ठुलो उपलब्धी चाहेकी पनि छैन् । सुक्ष्माती सूक्ष्म कुनै ब्यबहारबाट मात्रै भए पनि उ आफनो लोग्नेप्रति कृतज्ञता हुने थिई जुन उस्को लोग्नेमा सुरक्षित छदै थियो । उ चाहन्छे लोग्ने आओस एउटा तुफानी आंधिसरी र उस्लाई च्याप्प समाओस बलिष्ट पाखुराले, कागती निचोरे जस्तो गरी निचरोस । ओठ टोकोस रगत बग्ने गरी । गाला चुमोस खत बस्ने गरी । सारा शरीरभरि मायांको झन्कार बढावोस । उ आफनो लोग्नेबाट यही र यस्तै आशा राख्छे । जुन आशा र भरोशामा उ जिउदैछे । करिब चार बर्ष देखि उ मायांमा काकाकुल बन्दै गैरहेकी छे । यस्तो अबस्थामा उ लोग्नेप्रति कसरी बफादार बन्न सक्छे त ?

तल बगैंचामा अत्याधुनिक जापानिज प्राडो गाडी पाक्रिङ गरी राखेको छ । सेतो टलक्क टलकिरहेको चिल्लो गाडी मस्त निन्द्रामा लिन भैरहेको भान हुन्छ । उ आफुलाई निर्जिब बस्तु गाडीसंग पनि तुलना गर्ने जमर्को गर्न सक्तिन । उसलाइ न त भौतिक प्यास छ, न त भोक छ,  न निद्रा छ । अकस्मात उसको दृष्टि आफनो शरिर र आफनो पहिरनमा पर्छ । पातलो (आधुनिक सुत्ने बेलामा ठुलाबडा हरुले लगाउने ) पारदर्शि लुगा, जसवाट सम्पूर्ण शरिर भित्र लुकेर बसेका बैसहरु चियाउने प्रयत्न गर्दै थिए । २२ बर्षे यौबनमा गोरो शरीर, चट्ट मिलेको जिउडाल, छिनेको कम्मर, हिमाल झैँ उच्च उठेको छाती, मिलेर पंक्तिबद्ध भएका दन्त लहर, कर्षक र मनमोहक आंखा, लामो कपाल, सलाई आफनै शरीर लोभ लाग्छ । तुलना गर्ने दुष्प्रयास गर्छे प्राडो गाडी र फुलाई । आधुनिक गाडी आफनो छातिमा मालिकलाई राखेर रर..संग कुदछ । अभ्यस्त उस्को लोग्ने सरर फुर्तिकासाथ गाडीको ढोका खोल्छ । फुर्तिकासाथ सिटमा थचक्क बस्छ । प्रफुल्ल मुद्रामा यता उता सलबलाउछ । घरर स्टार गर्छ । एक छिन टक्क अडिन्छ सन्तोषले सास फेर्छ बालिस्ट पाखुराले गाडिको स्टेरिङ समाउछ । घचक्क गरेर गियर थिच्छ गाडि बिस्तारै गुडछ । गाडि सलल अगाडि बडछ । टाडा क्षितिजसम्म आंखा तन्काउछे । प्राडो गाडि पूर्ण सन्तुष्टिका साथ मालिकलाई छातिमा टांसेर सलल बग्दै घुम्तिमा छोपिन्छ । उस्को आंखा सामुन्नेमै उस्को लोग्ने पलायन हुन्छ । सौता भन्ने शब्दलाई गाडीमा रुपन्तरण गर्छे । उ झसंग ब्युझिन्छे ।

असैह्य पिडा महसुस गर्छे । भित्र कोठामा पलायन हुन्छे । सोफामा गएर थचारीन्छे । आन्दोलित मनले झ्यालको पर्दा उघारेर टाढा क्षितिजसम्म आंखा तन्काउछे ।

यि सम्पूर्ण वर्तमानका भोगाईहरुलार्ई जानि नजानि उ कैद गर्न विवश छे । उ आफनो एकमात्र लोग्नेबाट घनघोर मायांको बर्षा बर्सोस भन्ने चाहन्छे । उस्को चाहना कैले पूरा हुन सकेको छैन । आफनै अधिकारबाट उ बन्चित बन्दै गैरहेकि छे | मायामा उ काकाकुल बन्दै गै रहेकि छे ।

सको चेतनामा कैले कुकुर चियाउन आई पुग्छ । कैले प्राडोले प्रभुत्व जमाउछ । निर्जिब बस्तु र पशुबाट उ आफुलाई आक्रान्त आक्रमण भैरहेझै महसुस गर्छे । डाहा र ह्स्याले मुर मुरीन्छे । उ आफैबाट एक्लो र असहाए महसुस गर्दै गैरहेकी छे । यहि क्रम दोहरीने हो भने उ आफुलाई कहां पुर्याएर बिश्राम दिन्छे ? कतै उ पागल बन्दै त गै रहेकि छैन् ।

आफनो जन्मको अस्तित्व नदेखेर उ छटपटिन्छे । एउटा निर्जिब बस्तुको अस्तित्वसंग आफनो अस्तित्वको मूल्याङकन गर्दा उ आफनो जीबनको अबमूल्यन भएको ठान्छे र त जीबनप्रति कहालिन्छे । उ सोच्छे र सोच्दै जान्छे यदि सको लोग्नेले प्राडो गाडी किनेर ग्यारेजमा थनकाएर राखेको भए प्राडोका पाट पूर्जाहरु खियालागेर बेकम्मा हुने थिए । एउटा अबिस्कारको हत्या हुने थियो । तर अबस्था त्यस्तो भएन उसको लोग्नेले प्राडोलाई आफ्नो चाहना अनुसार प्रयोग गर्दै गयो । र त जुन बेला उसको लोग्नेले प्रयोग गरेको थियो त्यो बेला भन्दा आज झन त्यो निर्जिब बस्तु आफनो गतिमा निखारिएर आई रहेको छ । उसको गति झन झन बढदै गैरहेको छ । पूर्ण तल्लिनका साथ मालिकको सेबा गरी रहेको छ । तर त्यस्को बिपरित अबस्थाबाट उ गुज्रीकि छे । एउटा निर्जिब बस्तुको तुलनामा उभ्याउदा पनि उ आफुलाई न्याय दिन सक्तिन । उसका पाट पूर्जाहरु सम्पूर्ण रुपमा खिया लागेर बेकम्मा भैसकेको अनुभब गर्छे । आफनो जन्ममा कुनै गौरब गर्ने उत्साह जुटाउन उ सक्तिन ।

वेचैनिले उस्को छटपटाहट झन झन बढ्न थाल्छ । घरी माथि, घरी तल, घरी भित्र, घरी बाहिर उ छटपटि रहन्छे । आन्दोलित मनलाई कतै पनि बांधेर राख्न सक्तिन् । अरु दिन भन्दा आज उ बढी नै निसास्सिएको अनुभव गरीरहेकी छे । माथिल्लो तलाको कौसिमा गएर निस्फीक्रिसंग पलाएन हुने चाहना राख्छे । सरासर भर्याङ चडेर निमेष भरमै सिरानिमा पुग्छे । यता उता चारै कुनाको चक्कर लगाउछे । हावाको तिब्र बेग उनको शरीरमा ठोक्किन आई पुग्छ । तिब्र बेगलाईपनि उ कोमल स्पर्शको रुपमा रुपान्तरीत गर्छे । हाबाको कोमल श्पर्शले भित्रैदेखि कुत कुताएको आभासले वेचैनिमा उकुसमुकुसीन्छे । उ निस्फिक्रीसंग निख्रीन चाहन्छे फलस्वरुप हुत्तिएर भित्र छिर्छे ।

आधुनिक लचकदार सोफाको ढाडैमा उ बसिरहेकि छे । त्यहि आधुनिक बंगला, बंगला भित्रका अनगिन्ती कोठाहरु, कोठाभित्र आ-आफनै स्थानमा अनुशासनबद्ध भएर बसेका आविष्कारहरु । अनगिन्ती आविष्कार मध्यको एउटा आविष्कार छब्बिस ईन्चिको उटा टेलिभिजन । हातमा रिमोट कन्ट्रोल लिन्छे । हातमा भएको रिमोट कन्ट्रोलको सहाराले टेलिभिजन भित्र छाम छाम छुम छुम गर्न थाल्छे । स्टार, जि , कान्तिपुर , ईमेज , एन. टि. भि. थुप्रौ च्यानलहरुमा आंखा घुमाउछे । एक पछि अर्को गर्दै तल माथि तलमाथि नचाउन थाल्छे । एउटा बेचैनिको अबस्थाले गांजेको नारी कुनै च्यानलमा पनि सन्तुष्ट पाउन सक्तिन । तन मन सम्पूर्ण प्यास र भोकले छट पटाएको छ । कुनै पनि भौतिक बस्तुले उस्को भोक र प्यासलाई मेटाउन सक्तैन । टेलिभिजन भित्रको एउटा दृष्यमा गएर उ भएभित हुन्छे । छातिमा ताण्डब नृत्य नाच्न थाल्छ । सारा शरीर धप धप बल्न थाल्छन । असैहय पिडालाई शान्त पार्न उ आधुनिक रेफ्रीजेरेटर खोल्छे । एक ढिक्का भै जमेको बरफ झिक्छे र तालु , छाति , गाला जताततै दल्छे । अलिकति चिसिएको महसूस गर्छे । टेलिभिजनले आफनो गर्भमा लुकाएर लेराएको हिन्दी टेलिसिरियल पस्किन थाल्छ । सिरीयल भित्र एक जोडि युबा युबति छाडा शैलीमा एक अर्का बिच चुम्बन साट्न थाल्छन । त्यो दृष्यले उ थरथराएर कांपन थाल्छे । उसलाई उखरमौलो किसिमको रक्त संचार भएको महसुस हुन्छ । शरीरभरि कांडा उम्रन थाल्छन् । निकै जाडो भएको महसुस हुन्छ । ओठ नीलो भएर चिसिन्छ । थर थर कांपदै नजिकैको हिटर खोल्छे । तातो हावाको प्रबेशले कोठा तातिन्छ । फेरि एकै छिनमा उ उखरमौलो गर्मीले शरिर पसिनाले निथ्रुक्क हुन्छ । बेचैनिले मन आन्दोलित बन्छ । त्यहां पनि उ अडिरहन सक्तिन फलस्वरुप त्यताबाट पनि उ पलाएन हुन्छे ।

आफनै एकोहरो धुनमा बजिरहेको एफ एम रेडियोले रातीको दश बजेको संकेत दिन्छ । बाहिर ढोका बाट प्राडो भित्र छिर्छ । बंगलाको ठिक सामुन्ने आएर टक्क अडिन्छ । घटक्क ढोका खुल्छ । लोग्नेरुपि आकृति बाहिर निस्कन्छ । पुन ढोका घटक्क लाग्छ । एउटा नियमित प्रकृयासंग उ अभ्यस्त बनिसकेकि छे । तै पनि हरेक सांझ उ आफुलाई एउटा झिनो आशाको डोरीले बांध्ने प्रयत्न गर्छै र त नियमित रुपमा यसै समयमा उ कौसिमा पुगेकै हुन्छे ।

लर्खराएको छांया मुलढोकाबाट भित्र छिर्छ । सरासर भर्याङको खुड्किलो नाप्न थाल्छ । भर्याडको टुप्पामा बसेर यो दृष्यलाई हेर्न उ अभ्यस्त भैसकेकी छे । लोग्नेरुपी आकृती उसको सामु ठिङ उभिन्छ । स्वास्नीरुपी कर्तब्यले हो वा अरुकुनै चाहनाले हो  उ हात फैलाएर सहारा दिन खोज्छे ।

शहरिया परिबेशमा मौलाएका डान्स रेष्टरांबाट दैनिक जसो आज पनि उसको लोग्ने उदबेगलाई सान्त पारी टन्न रक्सीको नसामा लठ्ठीएर आएको छ । रक्सीको नशाले उस्को शरिरलाई स्वात्तै निल्न खोजे जस्तो देखिन्छ । सरासर गएर आधुनिक ओछयानमा गर्लाम्म ढल्छ ।

लम्पसार परेर निदाई रहेको आफनै लोग्नेको शरिरलाई नजिकैबाट नियाल्छे । एक किसिमको मायां, ममता र अर्को झिनै भए पनि घृणा र तिरस्कारले लोग्नेप्रतिको दृष्टिकोण बनाउछे । आखिर लम्पसार परेर सुतिरहेको मान्छे उस्को लोग्ने नै त हो । अधिकारले उ आस्वस्त बन्छे । त्यसैले लोग्नेको शरिरमा झ्याम्म हाम फाल्छे । दुबै हातले च्याप्प समात्छे । अंगालोमा कस्छे । अनुहारभरि माया बर्साउछे । चाटछे । टोक्ने कोशिश गर्छे । मायांको समुद्र बर्साउछे । तर उसको लोग्ने त्यसैबेला कोल्टे फेर्छ ।......लोग्ने घुर्न थाल्छ । उस्का चाहना र रहरहरु सबै पाखा लाग्छन् । उस्का सम्पूर्ण उत्तेजनाहरुमा खडेरी लाग्छ ।

उत्तेजनाको संसार भता भुङग भएर भत्कन्छ । लम्पसार परेर सुतिरहेको उसको लोग्नेबाट अन्यत्रै आफुलाई विस्थापित गराउन सक्तिन । आशाको त्यान्द्रो पुरै चुंडालेर फाल्नपनि उ सकिरहेकि छैन् । त्यहि आशाको त्यान्द्रो मै भए पनि आधुनिक बैभवशाली सभ्यताको लोग्नेको तनमा नै उ आफुलाई सुरक्षित महसूस गर्छे । चाहनामै भएपनि एउटा स्वास्नीले राख्ने चाहना राख्न सक्छे । विस्तारै गएर त्यै अर्ध मूर्छित शरिरमा गएर टांसिन्छे ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |