हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

दिपक जडित , (हवाई, अमेरिका )


खडेरीमा यो हालत नपार्नु मलाई ।
चाहना गहिराईमै छ डुब्नु मलाई ।

उसको पनि होइन म, तर त्यसैले,
तिमीले आफ्नै हो जस्तो नठान्नु मलाई ।

कागज हुँ म कोरिई सकेको पहिल्यै,
पढ्न नसक्दाको विकल्प च्यात्नु मलाई ।

कि फुक्नेछौ श्वासले कि हातैले छुनेछौ,
आखीर 'दीपक' हुँ के डर निभ्नु मलाई ।

हुँदा अँध्यारो फेरि मैलाई सम्झिएर,
जलाउनु आपत्ति छैन जल्नु मलाई ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |