हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

अमृत सुबेदी, (तनहुँ, हाल विग एफ एम पोखरा)

वा यो धुमधामको तयारी क्या सुनसानमा छ ।
काम घुसखोरीका छन् चाहना त इमानमा छ ॥

पुरानै यो पाराले देश चल्छ भन्ने नसोच्नु होला ।
बुझ्नुस् अब देशको भविष्य युवा र जवानमा छ ॥

तपाइका सब काम हाम्रा लागि कसरी हुन सक्छन् ।
रटान देशप्रेममा छ तर ध्यान सवै खानपानमा छ ॥

तिम्रो होइन् हाम्रो श्रम र पसिना हाम्रै लागी हो ।
कहिले भन्न पाउने यो अधिकार संविधानमा छ ॥

हातमा संविधान हुनुपर्ने नेता देश विकास लाको ।
तर हत्या भष्ट्राचारको स्पष्टिकरण र बयानमा छ ॥

अधिकार खोस्न हामीलाई फेरी यस्तो लागेको छ ।
अव एउटै विकल्प जनलहर र आँधितुफानमा छ ॥

Comments

Ramesh Bista "R-Alpamat"

samasamyik ra damdar 6 gurans G...............

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |