हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

शान्ति

निशेष कार्की , (नेपाल )

म गाउँबेसीँ डुल्दै सङ्गीतको आडमा शान्ति माग्दैछु
हत्या र हिंसाको संसारदेखि टाढा विनोदप्रिय देशतिर लम्कदैछु
म बुझ्दै छु अनि करोडौं नेपालीको “ शान्ति ”हो एउटै चाहना
हाम्री नेपाल आमालाई सुहाउने “शान्ति ” एउटै हो गहना ।।।

बन्दुक बोकेका हातले अब हलो र जुवा समाई सिचाइ गर्नेछ यो धर्तीमा
रगतको होली खेलेको यो मन अब भुल्नेछ बुद्धको अर्तिमा
भो चाहिदैन नेपालीलाई अब हिंसाले सजिएको संसार
एकले अर्कालाई दिने छौं अब सेवा, बन्धुत्व र शान्ति उपहार ।।।

म देख्दैछु सङ्गीतको लहरमा शान्ति भित्रिदैछ
धम्काउने हप्काउने बन्दुकहरु दिनानुदिन थोत्रिदैछ
मेरो लागि शान्ति माग्ने यहि सारङ्गी औजार हो
यो शब्द, यो लय, अनि यो भाव शान्ति मार्गको श्रृङ्गार भो ।।।

Comments

baburam

 IT is 
interesting poem.It reflects our nation situation.
peace is necessary for our country.but,poet is in USA\'

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |