हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नेता

बिनोद खड्का, (दुवाकोट ६, भक्तपुर)

नेता
बोली दिन्छ
केवल बोली दिन्छ
सीमारहीत
अर्थ हीन
मात्र बोली दिन्छ
फेरी पनि
ताली बजाउँनुकॊ विकल्प छैन ।

ऊ कहिले
मेलम्ची लेराउँछु भन्छ
कहिले
पानी शहरभरी बगाउँछु भन्छ
जलश्रोतको धनी देश भन्छ
फेरी पनि
काकाकुल बन्नुको विकल्प छैन ।


सडक तताउँछ
शहर थर्काउँछ
आन्दोलन चर्काउँछ
आफु पछाडी बस्छ
जनता अगाडी लगाउँछ
फेरी पनि
गोली खानुको विकल्प छैन ।


देश विकाशको कुरा गर्छ
गरिबी निवारणको
फूर्ती गर्छ
तेलको भाउ  बड्दैछ
महँगी चम्कदैछ
फेरी पनि
बाँच्नको लागी बाँच्नुकॊ विकल्प छैन ।

जलश्रोतको धनी देश
प्रचार गर्दैछ
बिजुली बेच्ने कुरा गर्छ
बिजुलीको भाउ बड्दैछ
लोडसेडिग चल्दैछ
फेरी पनि
अँध्यारोमा बस्नुको विकल्प छैन ।

यहाँ
देश नेता जन्माउँदैछ
एकबाट दूई
दूईबाट चार
नेता भाषण रच्दैछ
फेरी पनि
सुन्नु र भोग्नुको विकल्प छैन ।


२९ फरवरी २००८
हाल: दोहा, कतार


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |