दुई मुक्तक
मनु लोहोरुङ राई, (सितलपाटी - ६, संखुवासभा, हाल :- न्युयोर्क )
उत्तर दक्षिण फाटिदैछ देशको कथा अचेल
सिमा भन्दा बाहिर पो सुनिदैछ गाथा अचेल
सुनेको'थें यो नेपाली झुक्दैन रे कहीं कतै
तर अन्तै ढल्किँदैछ मेरो सगरमाथा अचेल
नगन्य ताराहरु झरे मेरै देशमा हजूर
जून पनि कैदमा परे मेरै देशमा हजूर
हेर्दा सेतो बादलको कालो छाँया परिर'न्छ
उदाउँदो घाम पनि मरे मेरै देशमा हजूर