हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

शिव प्रकाश , (बोस्टन, अमेरिका )


गाऊ साथी गाऊ गाउने कला गजब छ

मुहार हेरी बाऊ बाउने कला गजब छ ।।

कति पोख्त महान् प्रवीण गुण निपुण छौ
जस्ता माथि पराल छाउने कला गजब छ ।।

चल्तीको छ बाटो अर्को एक छ बेचल्तीको
पहिलो बाटो सधैं धाउने कला गजब छ ।।

छिनमा काग छिनमा कोइली रूप अनेक ती
आफैंलाई आहा ! दाउने कला गजब छ ।।

छोप्छ लाज मान्छे नांगो छ सधैं मुहार त्यो
यस्तो सुन्दर लुगा लाउने कला गजब छ ।।

 

जनवरी ३१, २०११

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |