हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ऊ र त्यो !

शिव प्रकाश, (बोस्टन, अमेरिका)

 

उसले उस्तै देख्यो

ऊ र त्यो !

 

हेर्यो,

धेरै हेर्यो

अन्ततः उस्तै देख्यो

मस्तिष्कका आँखाले पनि ऊ र त्यो !

 

एउटा मान्छे

त्यो एउटा पुच्छर !

 

दिव्य बाह्र वर्ष ढुङ्ग्रामा राख्यो

बाहिर निकाल्यो

फेरि उस्तै 

पहिले जस्तै

बाङ्गोको बाङ्गै

जस्ताको तस्तै !

 

जिउँदोमा

न लाज छोप्थ्यो

न झिँगा भगाउँथ्यो

तर हल्लिरहन्थ्यो

त्यो पुच्छर !

 

ऊ जस्तै त्यो

त्यो जस्तै ऊ

हिजो पनि उस्तै

आज पनि उस्तै

र, भोली पनि सायद उस्तै

कुकुरको त्यो पुच्छर जस्तै

जस्ताको तस्तै !

 

ऊ मान्छे हो

अझै आफूलाई

असल मान्छे भन्छ

, ठान्छममा जीवन जिउने कला छ !

 

ऊको पर्याय त्यो

त्योको पर्याय ऊ

ऊ हल्लिरहन्छ त्यो पुच्छर जस्तै !

 

(अश्रृंगार कविता अभियान)

फेब्रुअरी १०, २०११ 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |