हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नोबेल पुरस्कार

प्रकाश सायमी , (गोधुली संसार, ललितपुर )


पढ्नका लागि नोबेल पुरस्कार

दिनुपर्छ मलाई

आदर्श पाठक हुँ म ,

चाटिदिन्छु जे हात लागे पनि

सडकको नाम पढ्छु म

अनि चम्किला साइनबोर्ड ।

शौचालयका भित्ताहरु ।

त्यस्तै नयाँ मूल्यसूचिहरु पढ्छु ।

पुलिसका खबरहरु ,

अनि घोडादौडका अनुमान ।

अनि गाडीका नम्बर प्लेट ।

मजस्तो मान्छेका लागि

शब्द नै हुन् सबभन्दा पवित्र ।

ज्यूरीका महान् सदस्यगण !

झूठ बोलेर के पाउनु छ मलाई ।

पाठकका लागि रुपमा एकदम सख्त छु ।

चाटिदिन्छु सबथोक, छोड्दिन क्यैपनि ।

वर्गीकृत विज्ञापनसमेत

ठीक छ म धेरै पढ्दिन आजकाल ।

सीधा कुरा हो त्यति समय हुन्न मसित ।

तर ओहो यो के पढि पठाएछु मैले ..

त्यसैले त  भन्दैछु , म तपाइँहरुलाई

दिइ नै दिनुस्  मलाई

पढेकोमा नोबेल पुरस्कार

छिटो... भन्दा छिटो... ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |