किताबहरू
गुलजार , ( )
चियाउँछ ऊ कहिलेकाहीँ आलमारीको शिशाबाट
एकदम गुनासो गरेर भन्छिन् ,
महिनौँ भयो आजकाल भेट नभएको
जुन साँझ उनको सियालमा विताइन्थ्यो
अब अक्सर वित्दछन् कम्युटरका पर्दामा
साह्रै वेचैन हुनेगर्छन् किताबहरु
तिनलाई अब निद्रामा हिँड्ने बानी जस्तो भइसकेको छ
जो गजल ती सुनाउँथे अब तिनमा शेर छैन
जुन नाता ऊ सुनाउँथी ती साराका सारा निख्रेर गइसके
कुनै पाना पल्टाउँछु त्यहाँ सुस्केरा निस्किन्छ
कुनै पंक्तिबाट पानी वर्सिन्छ
विना पातका बाँझो बोट लाग्छन् ती
ती सारा शब्द जसमा अब कुनै माने उम्रिँदैन
जिभ्रोमा लेप लागेको छ पाना पल्टाउने औला छुन नपाएर
अब औँला क्लिक गर्ने वित्तिकै संसार पल्टिन्छ
किताबसित जुन जातीय सम्बन्ध थियो
ती मेटिए
छातिमा लिएर पढ्नु
कहिले काखमा लिएर
कहिले घुँडाले च्यापेर
कहिले पढ्दापढ्दै सुत्नु
कहिले अैना बनाएर पढ्नु
ती सारा धन्दा मिलिरहनेछन पछि पनि
तर ती जो किताबमा पाइन्थे
सुकेको फूल
वासनादार धूपको मगमग गन्ध
किताब माग्दा दिँदा झुक्दा उठ्दा
नाता बन्थ्यो
अब त्यो कहाँ हुन्छ ?
००
भाषान्तरः प्रकाश सायमी