चांदिको टोपी
गीता खत्री , (न्यु योर्क )
चाँदिको टोपी लगाई शीरमा बसेको नेपाल
बुद्धको जन्म भएको देश यो मेरो नेपाल
शान्तिको बिज छरेको हो रे नेपाली भूमीमा
हिमाल हेर्न पिरती लाउन आउंथे रे दुनिया
हिमाल पनि दिनदिनै रोइ पग्लेर गए झैं
नजर कस्को लागेछ कुन्नी सराप परे झैं
पौरखी हात बजारी सबै कर्ममा लाग्थे रे
उन्नति खातिर सुकर्म गर्न आफुनै जाग्थे रे
के भयो कुन्नि पौरखी जति भासिए प्रवासमा
जोश र जांगर नेपाली हाम्रो उड्दैछ बतासमा
चाँदिको टोपी लगाई शीरमा बसेको नेपाल
बुद्धको जन्म भएको देश यो मेरो नेपाल ।।