हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

महादान

शिव प्रकाश, (बोस्टन, अमेरिका)


तिम्रो एउटा आँखो

मेरो एउटा आँखो

ईश्वरलाई दान दिउँ ।

 

आफ्ना आँखाले

हेर्न नसकेको यो संसार

ईश्वरले

हाम्रा आँखाले हेर्नेछन्

, रमाउने छन् तिमी र म जस्तै !

 

मलाई सधैं खराब देख्ने

तिम्रो त्यो दाहिने आँखो,

तिमीलाई सधैं असल देख्ने

मेरो यो देब्रे आँखो

यी दुबै

पत्रु आँखा हुन्

दान दिऊँ ईश्वरलाई

दानमा प्रायः पत्रु नै दिइन्छ

 

यी पत्रु हुन् तर हाम्रा अंङ्ग हुन्

अङ्गदान महादान हो ।

 

(अश्रृंगार कविता अभियान)

मार्च २८, २०१२ 

Comments

jaya ghiire

     ramro 6

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |