हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

श्रीमतीको अस्वस्थतामा-

किशोर पहाडी , (काठमाण्डौं)


बट्टाबाट चियाको

चिया झिकेर
हालेछु तरकारीमा
मसला पो भनी ठानेछु ।

समात्दा समात्दै चिप्लेर
कचौरा टाङ्राङ्ग
खसेछ भूइँमा
पोखियो चारैतिर छररर...

आलु काटेको किन आकार भिन्दै छ ?
आलु साँच्चिकै
आलु भएछ
तेलमा हालुँ कि नहालुँ भएछ ।

दालमा पानी हाल्ने ?
कि पानीमा दाल ?
तरकारीमा नून कति हाल्ने ?
यो खोर्सानीको धुलो हो कि
बेसारको ?
जिराको कि
धनियाको ?

तिमी बिरामी हुँदा
पसेको छु भान्छामा,
कहाँदेखि शुरु गर्ने
यो नियमित काम तिम्रो ?
स्वाद पुगेन भन्न सजिलो
नून धेरै भयो भन्न सजिलो
स्वाद र नून राख्न नै गाह्रो भइरहेछ ।

सिसीबाट नूनको
नून झिकेर
हालेछु चियामा
चिनी पो भनी ठानेछु

Comments

prakash sayami

Very Good comment by Acharya Prabha

acharya prabha

उसो भए किशोर जी,एक पटक अमेरिका आउनु होस् न त । श्रीमती स्वस्थ्य भएपनि नुन,चिया,चिनी सबै बुढाहरूले चिनी हाल्छन् नी । चिन्नु मात्र कहाँ हो र ? पकाएर खुवाउन नै परिहाल्छ सबै बुढाहरूले । 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |