नयाँ बर्ष गजल
आचार्य प्रभा , (कोलोराडो )
पुराना दिन जे जे भए राम्रा मात्र साथ राखौं
अब आउने दिनमा चैं असल सत्य बात राखौँ ।
झुटमुठको खेती गरि कसैलाई नि नछलौँ
मेहनत,पौरखमा सबै मिली हात राखौं ।
विश्वभर चिनिनलाई जतिसक्दो प्रयास गरौं
विरताको प्रतीकमा नेपालीकै जात राखौँ ।
बुद्धत्वको देश हाम्रो शान्त बनौँ हर नेपाली
बुद्धलाई साक्षी मानी चरणमा माथ राखौं ।
हत्या, हिंशा, लुट्पाटको कलंक ती मेटाउँदै
स्वच्छ,स्वर्णिम् सपनाकोमात्र मीठो रात राखौँ ।