व्यग्रता
नर बहादुर दाहाल , (दार्जिलिंग )
आज पनि
तिमी आइनौ,
दिनभरि रातभरि
फेरि त्यही रिक्तता ,
त्यही शुन्यता छाइरह्यो....,,.
प्रिया
किन आफैंमा लीन भयौ ?
कहाँ कता विलीन भयौ ?
आशाका किरणहरु
सबै अस्त भए
आफ्ना आफ्नै सुखमा
सबै व्यस्त भए
को आयो को गयो
कसैलाई केही वास्ता छैन ।
आफ्ना आफ्नै काममा
सबै मस्त भए
तर
म मात्र व्यग्र भयेर
उदास उदास
तिम्रो बाटो हेरिरहेको छु ।