गजल
अमृत सुबेदी “गुराँस” , (अरुणोदय १ तनहुँ, पोखरा)
कि कुरा सुन्नलाई उत्सुक हुनुपर्छ
होइन भने जन्मँदै बुज्रुक हुनुपर्छ
उसले यसरी हात फैलाउने थिएन
पक्कै घरको अवस्था नाजुक हुनुपर्छ
छोरा बरु नबोल्, आमा भन्नुहुन्थ्यो
बोलीस् भने बोलीमा तुक हुनुपर्छ
एक मित्रले आज यस्तै प्रश्न गर्यो
'गजल लेख्नलाई के भाबुक हुनुपर्छ' ?
साथी भट्टीमा हजार हजार फाल्छ
आफुलाई सय पनि ढुकढुक हुनुपर्छ