हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

२०६५ सालको दशैं

दीर्घराज प्रसाई, (काठमाडौं)


दशैं परम्परागत नेपालीको सांस्कृतिक पर्व हो । पृथ्वीनाराण शाह सन् १८६८ भन्दा शताब्दियौं अगाडिदेखि नैं दशैं र तिहार यसक्षेत्रकोनैं हिन्दु तथा बौद्ध तथा सबै जातिको साझा संस्कति बनेको छ । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरण पछि दशैमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट मगर जातिको पूजारीबाट काठमाण्डौं ल्याइने परम्परा छ । हिन्दु र बौद्धले विजय दशमीको शुभसाहितमा मूलढोकाको पूजा गरी मान्यजनबाट परिवारको मर्यादाक्रम अनुसार टिका थाप्ने गरिन्छ । दशैको चाडमा असंख्यौं इज्छुक हिन्दु बौद्ध तथा केही नेपाली मुसलमान र विदेशहिर पनि राजाबाट आसिरवादस्वरुप विजयदशमीको दिनमा टिका थाप्न राजदरबार जाने परम्परा छ । तर राजालाई विस्थापित गरिएको अवस्थामा यो राष्ट्रिय चाडको के महत्व होला र यो दुःखको कुरा हो । सांस्कृतिक मान्यताहरु तोडिदै गएपछि देशको देशको पहिचान पनि सिद्धिदै जान्छ । यसको लागि विश्वका हिन्दु तथा बौद्धहरु र देशभक्त नेपालीहरु सशक्त हुनसक्नु पनि पर्दछ । नेपालमा हिन्दु र बौद्धको वीचमा कहिले पनि तनाव मच्चिएन । हिन्दु र बौद्ध वीचको सामाजस्यताको कारण हो पशुपतिनाथ र स्वयम्भूनाथ वीचको पारस्पारिकता ।

पशुपतिनाथमा बुद्धपूर्णिमाका दिन बुद्धको मुकुट पहिराएर पूजा गर्नेगरिन्छ । बौद्धहरु पनि पशुपतिनाथको पूजाआजा गर्दछन् । काठमाण्डौं उपत्यकामा बौद्धहरु आठओटा शिवलिङ्गलाई अष्टवैतरागको रुपमा पूजा गर्दछन् । स्वयम्भूनाथमा पनि हरेक हिन्दुहरु माजुश्रीलाई सरस्वती मानेर पूजागर्छन् । गुहेश्वरीको कुण्डलाई सृष्टिको प्रतीक मानेर शैव र बौद्धले पुज्नेगरेका छन् । मुक्तिनाथको मंदिरमा लामा र बैष्णव दुबै पद्धतिबाट पूजा गरिन्छ । मुक्तिनाथमा हिन्दुहरु नारायणको रुपमा र बौद्धहरु भगवान बुद्धको रुपमा मान्दछन् । साँखु बज्रयोगिनीलाई हिन्दु तथा बौद्ध समाजले पूजा गर्छन् । चाँगनारायण स्थित गरुडलाई बौद्धहरु हरिहरवाहन लोकेश्वर मान्दछन् । बुढानिलकण्ठलाई बौद्धहरु १०८ लोकेश्वरको रुपमा आराधना गर्छन् । बौद्ध बिहारहरुका मूलढोकामा दाँया र बाँया गणेश र महांकालको प्रतिमा खडा गरी पूजागर्ने गरिन्छ । यस्तो धार्मिक सम्मिश्रण भएको समाजमा कुन जातिले कुन धर्म नमान्ने भन्ने प्रश्न उठ्नसक्छ र दशै तिहार तीज बुद्धजयन्ती शिवरात्री इन्द्रजात्रा आदिजस्ता चाडपर्वहरु हिन्दु र बौद्धका जीवनपद्धति बनेका छन् । नेपाल हिन्दुराष्ट्र कहलिँदा कसैको टाउको दुःखाई छैन । आफ्नो राष्ट्रको पहिचान कायम राख्न नेपाललाई हिन्दु तथा बौद्धराष्ट्र घोषित हुनुपर्छ ।

दशैं र तिहार नेपालीहरुको लागि सांस्कृतिक तादात्म्यताको गाँठो हो । नेपाल बाहिरका नेपालीहरुले दशैं र तिहारलाई गोर्खालीहरुको पहिचानको रुपमा लिन्छन् । अमेरिका बेलायत खाडी मुलुक अष्टे्रलिया जापान कोरिया फान्स जर्मन मलेशिया िसंगापुर हङकङ थ्याइल्याण्ड लगायत विश्वका हरेक देशहरुमा छरिएर रहेका जुनसुकै जातजाति थरका नेपालीहरु दशैंलाई महान चाडको रुपमा मान्दै आपसमा शुभकामना बाँडेर सद्भावकासाथ दशैं मनाउँछन् । दार्जिलिङ्ग सिक्किम डुअस्र आसामदेहरादूनमा त दशैं र तिहारलाई गोर्खाहरुको एकताको िबंडो ठान्छन् । भारत, बर्मा, श्रीलंका, इण्डोनेशियालगायत विश्वका अनेकौं देशहरुका हिन्दुहरुले आआफ्नै प्रकारले दशैं मनाउँछन् । दशै धनी र गरीब सबैको साझा चाड हो । निधारभरी दहीसँग मुछेर सेतो वा रातो अक्षताको टिका लाएर विजयदशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक आमा बाबु ससुरा सासु गुरु र अन्य मान्यजनबाट आसिरवाद ग्रहण गर्नेगरिन्छ । भारतमा पनि दशैंको ठूलो महत्व छ तर भारतीय हिन्दुहरु टिका नलगाएर पनि दशैको उत्सव मनाउँछन् ।

अनादिकालदेखिनैं शक्तिको प्रतीकको रुपमा दशैंलाई साझा चाडकोरुपमा मानी आएको छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्तहुन दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएकॊ दिनदेखि विजय दशमीलाई शुभदिनकोरुपमा मानिन्छ । असत्य माथि सत्यको विजयको पतीकको चाड हो- दशैं । घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । देवीपुराणमा-रामले आश्विन-शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लंकामा रामणको बिरुद्ध युद्ध गर्न प्रस्तान गरेको कुरा उल्लेखछ । पद्मपुराणमा उल्लेखछ- चैत्रशुक्ल चतुर्दशीका दिन रामले रामणको वध गरेका थिए । तर कतिपय क्रिश्चियन प्रभावमा परेका नेपालीहरु दशैं बहिस्कार गराउन अनेकौं भ्रम खडा गर्न खोज्दैछन् । पार्टीगत रंगले पनि दशैंलाई दुषित पार्न खोज्दैछ । दशैं तिहार जनजातिको चाड होइन भन्दै आफूहरुलाई पृथक जाति देखाउने केही जनजातिहरुमा होड चलेकोछ । तर यसलाई विदेशमा बसेका जनतातिहरु धिक्कार्दछन् । दाजिलिङ्गका प्रा. गोपीनारायण प्रधान दुःख मान्दै भन्छन्- "बृहत्तर नेपाली पहिचानलाई जातीय पहिचानतिर खुम्च्याउने प्रयास दुःखदायी हो ।"  स्वामी प्रपन्नाचार्य भन्नुहुन्छ - "इष्टदेव महादेव पार्बतीलाई पारुहाङ तथा सम्निमाको रुपमा मान्ने गरिएकोछ । लिम्बुहरु धावासाम युमासाम भनेर महादेव र पार्बतीलाई इष्ट देवदेवीको रुपमा मान्दछन् । नवदुर्गाको पुजा नवरात्रमा गर्ने अति प्राचीन परम्परा हो । दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभघडि हेरेर बाजे, बराजु, आमा, बाबु अथवा आफूभन्दा बुढापाका गुरुहरुबाट टिका लाउने प्राचीन संस्कृतिलाई दुषित पार्नु बुद्धिमत्ता होइन ।"

आपसमा झगडा गरेर बोलचाल बन्दभएका नातागोता दशैंको निहुँमा टिकाथापेर बोलचाल फुकाउने साइनो बन्नेगर्छ । यो एउटा रमाइलो चाड हो । यस्तो मान्यतालाई बहिस्कार गर्न चाहनेहरुले ठूलो गल्ती गरेका छन् । यो उनीहरुको हार हो । आफ्नो पहिचान गुमाएर के उपलब्धि हासिल हुन सक्छ सालभरी स्वदेश-विदेशमा कार्यरत नेपालीहरु आ-आफ्ना आफन्तम् नातागोताहरु भेटघाटको लागि दशैं ठूलो अवसर हो । अभावै अभावबाट पीडित र गरिबले पनि बर्षदिनको यो चाडको लागि गच्छे अनुसार साँचेर भएपनि राम्रो लाउने राम्रो खाने र खुसी मनाउने गर्दछन् । वास्तवमा दशैं धर्म होइन यो एउटा परम्परागत सांस्कृतिक मान्यता हो । यसलाई जीवित राख्नसक्नु पर्दछ । वि.सं.२०६५ को विजय दशमीको सबैमा शुभकामना छ ।

dirgharajprasai@yahoo.com

Comments

jitman

krishna ji , tapai ko sansmaran lekha nikai sashakta chha .sachchi na bideshama dekheka akalpaniya bikash le najanido bhaka ma ersya lagchha ani gahiro pida bodha hunchha .sansarle katro phadko mari sakyo hami bhane ajhai adim yugma jhai ban jangalma tarul bhyakur khoji raheka chhau. aasa 6 bhabisha ma pani nirantar stariya rachana aaunechhan..

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |