गजल
अमृत सुबेदी ’गुराँस‘, (तनहुँ)
शहरमा पहाड भन्दा अग्लो घर छ
घर भन्दा धेरै अग्लो यहाँ रहर छ
जसलाई भरोसा गरि हतियार थमाएँ
किन उसकै अगाडी जीउ थरथर छ
आफ्नै नाउँमा एक टुक्रा जमिन नहोस्
अन्नले भकारी भरिन्छ उसको जाँगर छ
बषौं अघि कसले आतङ्ग मच्चाएथ्यो
अहिले सम्म यहाँ त्यसको असर छ
आगोले नै उसको घर खरानी वनायो
ऊ फेरी किन आगो समाउनै तरखर छ
देशका निम्ती बलीदान धेरैले गरे होला
तर ’अमर‘ अहिले सम्म पनि अमर छ