वैरी
बिनोद खड्का , (हाल: दोहा, कतार)
मान्छेले हाँस्दा, हाँस्छ है बस्ती, चरीले रम्दा वन
नमार तिन्लाई, शिकारी बनी, रोईदेला तीनका मन ।
बारुद र बन्दुक, थन्काई देउ, श्रृजना साथमा लेउ
गरीबका आँसु, पुछेर हेर, गएर तिनका छेउ ।
त्यो भन्दा सन्तोष, मिल्दैन अर्को, अरुलाई हसाउँदा
पर्देन मन्दिर, जान है भाई, तिनका मन रसाउँदा ।
मारेर ठूलो, बन्दैन कोही, हिटलरको नीतिले
जीवन राम्रो, साथ है बस्नु, माया र प्रीतीले ।
वैरभाव होईन, क्षमादान देउ, महानता त्यही हो
भगवान हाँस्छन, मिलेर बस, समानता त्यही हो ।
रीसको आँखा, हुँदैन भाई, यसैले सिध्याउँछ
क्रोधलाई रोक, शान्तिले हेर, श्रृजना भेटिन्छ ।
कोही छैन ठूलो, मनुष्य एकै, रगत उस्तै छ
शान्तिले हेर, सबै छ उस्तै, मन सबै उस्तै छ ।
को छ र वैरी, सबै हुन आफ्नै, नजरै धोका हो
शान्तिले हेर, सबै छ उस्तै, मन सबै उस्तै हो ।