गजल
रामचन्द्र अधिकारी, (साहित्यिक चौतारी, कास्की)
आफ्नै देश आर्यघाटमा जल्छ र त रुन्छु
बाउ भन्नेले छोराहरु छल्छ र त रुन्छु
खै कसरी विश्वास गर्ने आफ्नै भन्नेलाई
बहिनी लिई दाजु बम्बई चल्छ र त रुन्छु
मायाको ढ्वाङ रच्दै एकान्तमा डाकी प्रेमी
शरिर भरि स्वार्थि हात मल्छ र त रुन्छु
देभक्तिलाई एकातिर पन्छाएर मान्छे
दरोदरो गाठमा स्वात्तै गल्छ र त रुन्छु
यता उस्तै उता उस्तै जो भेटे’नि उस्तै
सोचिल्याउँदा छाति आफै बल्छ र त रुन्छु