हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दृश्य अदृश्य

विद्या सापकोटा, (काठमाण्डौं)

 

जव बिउँझन्थ्यो फुच्चे घाम

उघ्रन्थे उस्तै आँखा

आउथे टहलिन,

भीर, पाखा, कन्दरा हुदैं

वनफूलहरुका सुकोमल मुस्कान ।।

 

मच्चिदै झोलुङ्गोबाट

गर्थे  संघर्ष, मसिना हातहरु

टिपुं, संगालु फूलहरु

,

......................

सुसेल्थे कुन्नी के के, उमङ्गित ओठहरु ।।

 

त्यस्तैमा,

बिग्रन्थ्यो हजुरआमाको मुखाकृति

जस्तो कि,

त्यही कतै हराएको हो आफन्त

लुटिएको हो सपना

पुछिएको हो सिउदोंको सिन्दुर

वा

खोसिएको हो काखको सन्तान ।।

 

म नबुझेरै,

हल्लाइरहन्थें झोलुङ्गो्

नटेरेरै,

समात्न खोज्थें चम्किला बिम्बहरु

के पो हुन्थ्यो आमालाई (?)

बन्द गरिदिनुहुन्थ्यो जिज्ञासु नयन

नबोलेरै,

मानौं चिच्याउनुहुन्थ्यो

 

त्यो' कुना/यो देशको खोचखोच

हाम्रा आफ्नाहरुको

तातो चिहान हो’ ,

'ती फूलहरु /ती चरीका गीतहरु

मात्र समाधीका यात्री हुन् ।।

 

अवाक्क हुन्थें म

अवाक्क नै छु ,

त्रस्त थिएँ

त्रस्त नै छु

 

नझुण्डियुन् कतै

कोमल मनका लहराहरुमा

उही त्रासद कहानी/गृहयुद्धको अत्यास ।।

 

त्यसैले त,

रोप्दैछु/रोपौं भनिरहेछु /रोपिरहेकै छु

विश्वासका बिरुवा

ताकी

बदलिइने छ, दृश्यको रुपाकृती

कुंदिनेछन्, मान्छेका नमर्ने यादहरु

त्यहीबाट उदाउने छ घाम

उदाउने छ जून

उज्यालिने छ आमाको मुहार,

हो

त्यही उज्यालोमा

देख्नेछन् साना नानीहरुले मुसुक्क आफ्नो देश ।।


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |