हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

रमेश खकुरेल, (काठमाडौं)


आफू बिराउँछन् र अरू घान पार्दछन्

आनन्द मान्दछन् जब हैरान पार्दछन् ।

आमा बुढी भइन् र लुगा छन् धुजा धुजा
लागेर लाज आउँछ अन्जान पार्दछन् 

न गरेर खान जाँगर सन्तोष भो न ता
खान्छन् लुटी रसीद भने दान पार्दछन् ।

घोच्यो कहाँ र दुख्छ कहाँ जान्दछन् तर
मेरो व्यथा त ढोँग कि झैँ भान पार्दछन् ।

जे देखिँदा अरू जनले लाज मान्दछन्
देखाउँछन् उही र अझै शान झार्दछन् 

स्वर नाम के चरो अनि हो ताल के पशु
धोती लगाउँछन् र यसै तान मार्दछन् 
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |