हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

अमृत सुबेदी गुराँस, ( तनहुँ)


लक्का जवान विदेशियो भने नरमाइलो लाग्छ

यो उर्भर भूमि बाँझियो भने नरमाइलो लाग्छ

एक गांस भोजनले मन हाँसिरहेको वेला फेरी
देशको अवस्था सोचियो भने नरमाइलो लाग्छ

न्यायको पक्षमा हिड्नेको गोडा, बोल्नेको जिब्रो
र लेख्नेको हात काटियो भने नरमाइलो लाग्छ

मार्न त म तिमीलाई छिन्मै मार्न सक्छ् तर,
कसैको सिउँदो पुछियो भने नरमाइलो लाग्छ

पत्थरलाई भगवान सम्झेर पुज्नेहरुलाई पनि
मान्छे नै पत्थर भैदियो भने नरमाइलो लाग्छ

मात्र दुइ पेटका लागी दुःख गरेको किसानलाई
पाकेको वाली विग्रीयो भने नरमाइलो लाग्छ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |