हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

छाप

बिटु केसी बराल , (ह्युस्टन , टेक्सास )

अनायासै  तिम्रो  त्यो हेराइको अन्दाजले

गहकिलो अबोध चन्चलपनले

मुग्ध पार्ने , सरल त्यो  सटिक मुस्कानले

यो  मुटु  स्तब्ध ।।


मलाई
के थाहा ?

मेरो मानसपटलमा सधैं

प्रस्फुटित हुन खोज्ने

तिनै  स्वर शब्द नै हुन्  ।।

 

के थाहा मलाई ?

मेरो कल्पनाको

बन्द परेलीमा आइरहने

जतासुकै मलाई पछ्याइरहने

ती तिम्रा छाया  नै  हुन्  ।। 

 

 

आश्चर्य  लाग्छ  मलाई

युगौदेखि  मेरो आभाषमा आउने

त्यही पनहरू नै थियो

शायद

बषौदेखिको  मेरो तिर्खा

त्यही नयनको हेराइ थियो ।।

भर्खरैको चिनजानी कसरी भनु ?

दुइचार दिनको बोलिचाली हो , कसरी मानु ?

किनकी
मैले थाहै नपाई

त्यो स्वरुप

मेरो मन मष्तिस्कमा

सदियौदेखि अमिट छाप भएर

 छाप्पिई सकेको रहेछ !!

bitubaral@yahoo.com

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |