हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आँसु झर्छ प्रिय

इन्जिनियर राकेश कार्की, (लस एन्जेलस)


नझारुँ
भन्दा भन्दै जब आँसु झर्छ प्रिय
छाति
चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय

दु:ख्दै दु:ख्दै बगेर झर्दै झर्दै मिठा याद
खोल्सो
खहरे हुँदै समुद्र नै भर्छ प्रिय

आँसु
ढिका ढिकामा यसो ऐना हेर्दै आफ्नो
त्यही प्रतिबिम्बले रुन्चे हाँसो छर्छ प्रिय

गुमे पछि संगैका पाईलाका दुई डोब
एक्लो
पाईला अगाडि कसोरी सर्छ प्रिय

ढाकिएर
फैलिँदै गड्याङ गुडुङ कालो मेघ
खुसी उडाई पानी दर्किएर पर्छ प्रिय

विश्वासको
आधारलाई च्याम्पट्टी झैँ घुमाएर
चित्
खुवाई कसैले किन सुख हर्छ प्रिय

Comments

KT

...अनि सुन्दर गजल, मन छुने शब्द हरु ।

KT

डाक्टर, इन्जिनियर, लयर, पोरफेसर,टिचर आदि इत्यादि गौरब को कुरा हो। सौँँभाग्य को कुरा हो।

प्रभाकर आचार्य

गजल त त्यस्तै हो कि, 
अब संसारमा कोइ नि इन्जिनियर बन्नेवाला छैनन्? ब्रो नै लास्ट हो के? कि ब्रो चैं सबसे फर्स्ट? 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |