हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

अमृत सुबेदी गुराँस, (तनहुँ)

भित्तामा मर्नेहरुको तस्वीर झुण्ड्याइन्छ
अनि देशको गौरव इतिहास पढाइन्छ

यो यस्तो कृषिप्रधान देश हो की जहाँ
कुटोकुदालो भन्दा धेरै मसाल समाइन्छ

मुख्य कार्यालयहरुमा लेखियोस् की बरु
यहाँ मात्र विकासका योजना बनाइन्छ

बोलेर देश चलाउनेवाट धम्की आएको छ
अब लेख्नेहरुको पनि अस्तित्व मेटाइन्छ

साना नानीहरुलाई एकाविहानै झोलामा
ठूलो भविष्य वोकाएर स्कुल पठाइन्छ

किसानका नेतालाई यति त थाहा होस्
कुन समयमा कुन वाली लगाइन्छ

मेरा प्रिय मित्रलाई थाहा छ यो 'गुराँस'
साँझ परेपछि कहाँ कुन भट्टीमा पाइन्छ

Comments

Ashroo

Bado samasamayik ra marmik ghazal chha, saral bhashama apthyaro byanga prahar gariyeko chha i like it..keep going on...

prem

gajab chha gagal tara k garne sir sabai bhaisi ka Aagadi band baja bajayako jasto matra hunchha.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |