हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

दीपक जडित, (हवाई, अमेरिका)


आँसुले छातीमा लेख्नेहरुको गीत के गजल के?
अविरल साउन बर्षिरहन्छन् बाढि के भल के?

सुन्दैछु कहिँ बच्चाहरु ताराबाजी लै गाउँदैछन्,
उमेरले निदरी खोसेपछि पापा के काफल के?

भर्खरै उड्यो वायुयान कतै अज्ञात दिशातर्फ,
आकाशमा रहेको मुश्लो धर्सा धुवाँ के बादल के?

बिना बल र बिना बुद्धि लाग्दथ्यो केहि जितिंदैन,
रुँदैछु म आज तर प्रेम जित्न बुद्धि के बल के?

बुद्ध भन्नु केहि चरा थिए बनमा गीत गाउने,
तिनीहरु बसाईं उडेपछि शान्ती के खलल के?

बुझ्दैन कथा छहारीको विमुख छ उ प्रेमबाट,
शिरमा सिँगो आकाश उस्लाई कात्रो के आँचल के?

धर्म हो वा नियति उस्को जल्छ बस् जल्दछ दीपक,
आफ्नो रंग नै नभएपछि श्यामल के धवल के?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |