आफैले रोजेको
गोविन्द गिरी प्रेरणा, (मनासस, भर्जिनिया )
यौटा दुख्खको भारी विसाउने
थलोको खोजिमा थिएँ
अन्न वाली त थिए नै
विसाइराख्न खलो खोज्दै थिएँ
खोजिको यो क्रम
खोजिको यो निरन्तरता,
प्राप्तिको आतुरता,
यौटा औडाहा,
यौटा छटपटि
अनि यौटा अभिलाषाले डो¥याइएर
अवसरहरुको स्वर्ग मानिने
संयोगहरुको
केन्द्र विन्दु ठानिने,
दुनियाँको गन्तव्यको
प्रथम रोजाई मानिने
यो पाताल भूमिमा
पाइला टेक्न आइपुगें ।
सुख्खको अर्को पाटो
दुख्ख हो भन्ने
विर्सेको रहेछु,
हरेक अग्रगामि पाइला
सफलताको
सूचक हो भन्ने
हेक्का नै भएनछ मलाई,
टाढा पुगेपछि
सुख पछि लाग्ने कल्पनामा
आफ्नो साथको सुख
कतै छुटेको पत्तै भएनछ मलाई ।
दुख्ख त साँच्चै साँच्चै
परदेशमा पो प्रकट हुँदोरहेछ,
दुख्खलाई त परदेशमा
नककली सुखको जलपले
ढाकिएको पो हुने रहेछ ,
पीडालाई त परदेशमा
खुराक मानेर वस्ने
आदत पो वनाईंदोरहेछ ।
आफ्नै वीनाको खोजिमा
भौंतारिरहेको मृग भएछु
सुनको मृगको पछि लाग्दा लाग्दा
थकाइले गलित भएछु
आफ्नै रोजाइको दुखलाई
सुख मानेर वस्ने
आदतको नशाले
लट्ठ भएछु ।
२७ नोभेम्वर २०११
Comments
शिव प्रकाश
राम्रो छ \"चे त ना\" भया अमेरीका झन् राम्रो छ