हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बेबीसिटर

शिव प्रकाश, ( हालः बोस्टन, अमेरिका )


सुखले कतिबेला दुःखको स्वरुप धारण गर्छ थाह हुदैन !” म यस्तै सोचिरहेको छु । उता मिङ्माले त्यो रुप धारण गरिसकेकी छे । मिङ्मा हिजोसम्म उसको जीवनको सबैभन्दा ठूलो सुख थिई । 

सोझो स्वभावको ग्याल्जेन आज पनि सम्भवत मृत्युगीत गाइरहेछ । आफ्नै मृत्युको त्यो शोकधून सादय अझै उसको मनभरी बजिरहेछ ।

उसले प्राप्त गरेको संसारभरीको खुशी र ऊ भित्रको सम्पूर्ण माया मिङ्मामाथि खन्याइरह्यो तर त्यो सबै बालुवामा पानी भयो ।

जीवनमा मान्छे दुई पटक मर्दो रहेछयो मेरो पहिलो मृत्यु हो । अन्तिम सत्य अघिको सत्य यही हो ।” आफ्नै मृत्यु घोषणा गर्दै ग्याल्जेन भर्खरै बोले जस्तो लागिरहेछ ।

दुःख जीवनको असल साथी हो भने मृत्यु जीवनको अभिन्न साथी हो । जीवनमा सबैले छोड्छन् तर यिनले कहिल्यै छोड्दैनन् । जीवन ननिलेसम्म मृत्यु मान्छेसँगै बाँचिरहेको हुन्छ । ग्याल्जेन आज सिनु भएको छ र उसका यी साथीहरु हरिया झिँगा भएर ओरिपरी घुमिरहेछन् ।

दुःख र मृत्युका हरिया झिँगाहरु ग्याल्जेनको जीवन ओरिपरी घुमे जस्तै मेरो मस्तिष्कमा ग्याल्जेन पुतली बनेर फन्फनी घुमिरहेछ ।  

गीताको ज्ञान नभए पनि सार थाह थियो । ग्याल्जेनभित्र छाएको निरासाको अँध्यारोभित्र उत्साहको दीयो बाल्न मैले उसलाई गीताको सार बताएँ । 

सम्झ– “जे भयो राम्रो भयो । जे भइरहेछ राम्रो भइरहेछ । जे हुनेछ राम्रो हुनेछ । तिम्रो के गयो ? जसका लागि तिमी रोइरहेका छौ ! तिमीले के ल्याएक थियौ ? जुन तिमीले गुमायौ ! तिमीले के पैदा गर्यौजुन नष्ट भएर गयो ! तिमीले जे लियौ यहीँबाट लियौ । जे दियौयहीँ दियौ । आज तिम्रो जे छहिजो अरु कसैको थियो । भोलि फेरि कसैको हुनेछ ।

+

हिउँको हिलोले न्यूयोर्कका सडक अझै पोतिएका छन् । हिउँकै बर्को ओढेर सुतेको हड्सन नदी अझै मुर्दासनमै छ– लम्पासार । हिजोसम्म सेताम्मे पहिरनभित्र घुर्मैलो अनुहार लिएर सुतेको थियो शहर । शहर जस्तै धेरै दिनदेखि ग्याल्जेनको अनुहार पनि अँध्यारिएको थियो ।

सधै ग्याल्जेनलाई देख्दा लाग्थ्यो– न्युयोर्कको विरामी मौसम जस्तै छ ऊ पनि । उसको ओठमा हाँसो हराएको धेरै भै सकेको थियो । अनुहारमा सधै औसीको छायाँ देखिन्थ्यो ।

तर आज एकमदै फरक छ । धेरै दिनदेखि धुम्मिएको आकासलाई विहानीको किरणले चिरेको छ । सर्पले काँचुली फेरे जस्तै शहरले काँचुली फेरेको छ । हिँउको काँचुलीले बेरिएर सुस्ताएको शहर आज स्फूर्त देखिन्छ । मुटु कमाउने स्याँठ पनि मान्छेप्रति आज त्यति निर्दयी छैन । 

आगोको स्पर्शले मैनलाई गाले जस्तैप्रेमिकाको स्पर्शले प्रेमीलाई पगाले जस्तै घामको स्पर्शले हिउँका थुम्काहरुलाई विहानैदेखि पगाल्न थालेको छ । धेरैदिन पछि चहलपहल निक्कै बढेको छ । आकास सफा छघाम झलमल्ल लागेको छ । 

आज उसका ओठमा मुस्कानका फूल र अनुहारमा खुशीका आभा फक्रक्क फक्रेको देखिन्छ । आजको यो पहारिलो घाम उसैको अनुहारबाट झुल्केको जस्तो लाग्दैछ । मानौ उसले जीवनमा पहिलो पटक जीवन्त भएको अनुभव गरिरहेछ । 

ग्याल्जेन एकाएक हँसिलो अनुहार लिएर सामुन्ने आयो । । हातमा मिठाइको प्याकेट छ ।

आज मेरो जीवनको रुखो खडेरीमा खुशीको वर्षा भए जस्तो लागिरहेछ । मेरो मनको बाँझो पाखामा हरियाली पलाएको छ ।” त्यो हँसिलो अनुहारलाई अझ हँसिलो बनाउँदै भन्यो ।

सधैं चिन्ताको चर्को घामले डढेको उसको अनुहार आज खुशीको झरीले पखालिएर सिनित्त भएको छ– उज्यालो र स्निग्ध ! मनमनै भने–“आहाकति हँसिलो आज ग्याल्जेन !

आज तिम्रो पीडाको आगोलाई खुशीको दमकलले निभाए जस्तो छ निल वधाई छ ग्याल्जेन ।” उसको खुशीको कारण बारे अनुमान गर्न मलाई धेरै गाह्रो भएन । 

भूसको आगो जस्तै सधैं भित्रभित्रै अथाह पीडाको आगोमा सल्किरहेको उसको मनको कुरा मैले बुझे पछि ऊ झन दंगदास भयो । 

खै काम पनि गर्न मन लाग्दैन । केका लागि गर्नुकसका लागि गर्नु ?” बारम्बार यही एउटा शुष्क प्रश्नको उत्तर खोजिरहन्थ्यो ऊ । पाँच वर्षदेखि म देख्दैछु उसको अनुहारमा कहिल्यै खुशीका फूल फुलेका थिएनन् । सधैं काँडाका झ्याङ्मात्र उम्रिए जस्तो लाग्थ्यो त्यो मलिन अनुहारमा । मनमा सधैं उदास धून बजिरहे जस्तो ! तरमिङ्मा भने ऊ जति निरस र निराश थिइन । भित्र के थियो थाह छैन । बाहिर हाँसीखुशी र चञ्चल नै थिई । 

सरदर आइमाई भन्दा निक्कै सुन्दर देखिन्छे मिङ्मा । टिलपिल भरिएको घैंटो जस्तो जोबनले भरिएको ज्यान ! चटक्क मिलेको जीउडाल । ग्याल्जेनको पीडाको मल्हम थियो उसको सुन्दरता । निक्कै बयान गर्थ्यो ग्याल्जेन मिङ्माको रुपको । प्राय सबैका आँखा तान्थी उसले । औधी प्रेम थियो दुईबीच ।

लैलामजनुलाई बाँध्ने प्रेमको धागो भन्दा हाम्रो प्रेमको धागो धेरै बलियो छ ।मिङ्माप्रतिको प्रेम र विश्वासले ग्याल्जेनको मनमस्तिष्कलाई छिचोलेको थियो ।  

आखिर कुरा त्यही होला हैन ? तिमीले जे चाहेका थियौ त्यही भयो.. !” 

वाक्यको बिटमार्न नपाउदै उसले जवाफ दियो– “तपाइँ पनि साक्षात ज्योतिष नै होकसरी थापाउनु भो ? हुन त मेरो मनको कुरा तपाइँले जति कसले बुझेको होला र ?”मिठाईको प्याकेट मेरो हातमा थमाउँदै मर्करी लाइट जस्तो उज्यालो भएर उभियो मेरो अघि । 

खुशीले मनका दुःखहरु धोएर मन सुकिलो बनाएको छ आज । जीवनको उजाड फूलबारीमा ढकमक्क रंगीचंगी फूलहरु पनि फुलेका छन् ।

एकटकले निक्कैबेर हेरेँ । ऊ मुस्कुराई रह्यो । मेरो सहानुभूतिले उसको दुःखलाई सधैं साथ दिए जस्तै अहिले मेरो मुस्कानले उसको मुस्कानलाई निक्कैबेर साथ दियो ।

कहिले खुशी हुँदाकहिले दुःखी हुँदा र यदाकदा जिस्किदा ऊ मलाई गुरुदेव भन्छ । उसले गुरुदेव भन्दा म आफूलाई ठूलै गुरु ठान्छु र टुटेफूटेको ज्ञान र थोरबहुत अर्तिबुद्धि पनि दिए जस्तो गर्छु । बेलाबेलामा गीताका एकदुई श्लोक सुनाइ दिन्छु । चाणक्यका एकदुई पङ्ति । बुद्ध र ओसोका एकदुई लाईन । 

मान्छेमा आशा र आशामा विश्वास भरियो भने दुबै खुट्टा नभए पनि मान्छे अगाडि बढ्न सक्छ तर निराशा भयो भने दुबै खुट्टा भए पनि काम लाग्दैन । हिजोसम्म निराशाले लंगडो बनेको ग्याल्जेनलाई आज आशा र विश्वासका खुट्टाले दौडाइरहेको छ । 

खुशीको कारण मनमनै किटान गरेर सोधेँ– “कति भयो त ?” 

दुई महिना भयो ।

पक्कै हो त ?”

फरकै पर्दैन अब त !

ल वधाई छ , मिङ्मालाई पनि भन्दिनु ।

भनि हाल्छु नि । मभन्दा पनि ऊ पो खुशी जस्तो लाग्छे ! तर धेरै टेन्सन खेपेँ मैले यसको लागि । बल्ल यो मनमा शान्ति भयो ।

सुख शत्रुसँग र दुःख विश्वासिलो मित्रुसँग बाड्नु पर्छ भन्ने सल्लाह दिन्थे । ऊ मान्थ्यो र आफ्ना दुःखका सहानुभूतिको साथी मलाई सधैं बनाउथ्यो । 

भोलिपल्ट शनिवार साँझ उसको डेरामा भेट्ने निम्तो दिएर ग्याल्जेन बिदा भयो । उसको खुशीले मलाई पनि कम खुशी बनाएन ! उसको दुःखको कारण र दुःखको तहसतहका बारेमा म पनि ऊ जत्तिकै परिचित थिएँ । उसले मसँग प्राय सबै कुराहरु भन्ने गर्थ्यो  

उसका डेरामा अब हप्तै पिच्छे रमाइलो हुन थाल्यो । हप्तामा एकदिन हैन शुक्रबार र शनिबार दुबैदिन बेलुका प्राय जमघट भइ नै रहन्थ्यो । हप्तै पिच्छे प्रायः फरकफरक अनुहारहरु देखिन्थे । फरकफरक उमेर र फरकफरक समुहका फरकफरक अनुहार ! तर म भने संयुक्त राष्ट्र संघको स्थाइ सदस्य जस्तो थिएँ– सधैंको स्थायी निम्तारु । 

नातागोतासाथीभाइसाथीभाइका साथीभाइसम्म उसले आफ्नो खुशी बाड्योनिरन्तर बाडिरह्यो । यो क्रम झण्डै सातआठ महिना चलिरह्यो । 

केही असल कामका लागि एकदुई डलर माग्दा तर्कितर्की हिड्ने नेपाली भद्रभलाद्मीविद्वानविदुषीहरुको उपस्थिति प्राय बाक्लो हुने गर्थ्यो  “जहाँ नेपाली नरनारीत्यहा रक्सीवियरको भरमारी” यहाँ पनि त्यस्तै भइरहेको थियो ।

लगातारको जमघटमा उसले मलाई धेरै मान्छेसँग परिचय गरायो । 200-101 exam  ती मध्ये धेरैसँग म पहिले नै परिचित थिएँ । हाँसिहाँसी भनी दिन्थे– “कसैले कसैको परिचय दिइरहनु पर्दैन । समय आएपछि मान्छेले आफ्नो परिचय आफैं दिन्छ ।

हप्तैपिच्छेको रमाइलो सँगै उसको खुशीको सागरले सगर छोला जस्तो भइरहेको थियो । बतास चल्दा सागरमा उर्लेका एकनासका लहरहरु जस्तै उसको जीवनमा खुशीका लहरहरु उर्लिहरेका थिए । हिजोसम्म सायद संसारका दुःखीहरु मध्ये सबैभन्दा दुःखी उही थियो तर आज संसारका खुशी मान्छे मध्ये सबैभन्दा खुशी पनि उही छ । 

आहा... दुःख पछिको यो सुख !” मनमनै धन्य भगवान् भन्ठाने । आखिर भगवानसँग रहेछ नि मान्छेलाई दिने खुशी तर कति धेरै दुःख खेपेपछि मात्र दिँदा हरेछन भगवान्ले पनि त्यो खुशी । 

खुशीको त्यो दोहोरीलत्तासँगै शुभकामना र वधाईका आवाजको ओइरो पनि त्यतिकै लागेको थियो । हिमालको काँखमा हुर्केको निश्छलनम्र र भद्र ग्याल्जेनको अनुहार त्यो हिमाल जस्तै उज्यालो थियो । ग्याल्जेनको खुशीको त्यो उज्योलोको ज्योतिमा मिङ्मा पनि धपक्क बलेकी थिई ।   vmware vcp-510   

लाग्छ– ग्याल्जेनको चीरकालको घाउ विसेक भएको छ । यही संसारमा यति धेरै खुसी र सुख पनि रहेछ भन्ने अनुभूतिको तलाउमा चुर्लुम्म डुबेको छ ग्याल्जेन । सपना साकार भएर जीवन सार्थक भयो भन्ठानेको छ । यो खुसीका लागि ऊ आफ्ना गाउँघरका पाखाभित्ताउकालीओरालीदेउरालीचौतारीका मठमन्दिरदेवीदेउताकूल देउताईश्वरपरमात्मादेखि लिएर शुभचिन्तक इष्ठमित्र सबैलाई मनमनै नमन गरिरहेछ । धन्यवाद भनिरहेछ ।

आखिर मान्छेले जे गर्छ आफ्नु खुशी र सन्तुष्टीका लागि गर्छ । आफ्नो खुशी र सन्तुष्टीका लागि मान्छेले मान्छेको हत्यासम्म पनि गर्छ । तरउसले त खुशी बाँडेर खुशी मानइरहेछ । ऊ अहिले यसैमा खुशी छ सन्तुष्ट छ । 

उसले के मात्र गरेर यो खुशी पाउन लागि !350-001 dumps

कति देवीदेउता भाकल गर्यो । कति पटक कुल देउताको पूजा गर्न लगायो । कति मठमन्दिरमा अक्षेतापाती चढाउन लगायो । कति बोकाकुखुराको बलि चढायो,कतिलाई खुवायो । भएन ! केही भएन ! कहिल्यै भएन !

अमेरिकाबाट अक्षेता र दक्षिणा समेत पठाएर कति लामागुरुकति घामीझाँक्रीलाई हेरायोदेखायो । घरमा कति ढ्याङ्ग्रो ठोकायो । कति रक्सीमासुको भोग लगायो । कति ओखतीमूलो खायो । कति तन्त्रमन्त्रका बुटी लगायो । कति गर्दा पनि केही भएन ! हुदै भएन ! 

कति उपाय गर्यो तर पनि सधैं प्राय ऊ निरुपाय नै रह्यो । प्रत्येक Swarovski Brooches  पटक असफलताले ऊ निरसनिरासउदास र निरपेक्ष हुदै गइरहेको थियो । भित्रभित्रै सधैँ आफ्नै मनको अश्रुपोखरीमा डुबुल्की मार्दै आर्फैभित्र जलेको आफ्नै मनलाई शान्त पार्दै गयो । 

यी सबै कुरा ग्याल्जेनले मलाई बेलाबेलामा बताएको थियो । उसको जीवनको निरासालाई म अनुभूत गर्न सक्थे । मेरो कोमल हृदय उप्रति सधै अँध्योरोमा दीयो जस्तो भएको थियो । अलिकति भए पनि अन्धकारलाई चिर्ने प्रकाश उसले मबाट पाइरहेको थियो । 

एकदिन मैले भने– “हेर ग्याल्जेन यी देवीदेउताप्रतिको हाम्रो बोधबुझाइ र Swarovski Earrings  विश्वासले कतै हामीलाई झन् अबुझ त बनाइरहेको छैन ? देवीदेउता र धामीझाँक्रीप्रतिको अबुझताको शिकार बनेको मान्छेले समाजमा जधन्य अपराध पनि गरेको छ । हाम्रो समाजमा यो एक अभिश्राप जस्तो पनि भएको छ । तिमी यसका पछाडि नलाग कुनै डाक्टरको सल्लाह लेऊ ।

यो सल्लाह दिएको केही दिनमै ऊ त्यो खुशीको खबर सबैभन्दा Swarovski Necklaces पहिला मलाई नै सुनाउन आएको थियो– हातमा मिठाइ लिएर । 

उसले त्यसदिन भनेको थियो– “हउगुरुदेव ! देवीदेउता त छ नि हउ । अनि धामीझाँक्रीले भनेको पनि त पुग्छ नि हउ । जडीबुटीले पनि काम गर्छ नि हउ । इ गरो त । पुगो त । भाकल पनि गरेको थो । जोखाना पनि हेराको थो । दवाइमूलो पनि खाको थो । आखिर काम त गरो नि ।” आज उसले खाट्टी हिमाली शैलीमा बोल्यो ।

मैले “डाक्टरलाई देखायौ न त ?” भनेर सोध्दा उसले “ह्याँको डाक्टरले हाम्रो बिमार काँजानेको हुन्छ र हउ” भनेको थियो ।

मेरा मनका दुई खुट्टाले हो र होइनको दुई डुङ्गा टेकेका थिए । बढी भार भने होइन भन्नेमा डुङ्गामा नै थियो तर उसको खुशीको साथी र साक्षी उसकी स्वास्नी मिङ्मा भन्दा म बढी भएको कारणले हँमा हँ गरिदिन्थे । कहिलेकाही हो नै जस्तो पनि लाग्थ्यो ।

समय वित्दै गयो । दिनहरु नजिकिदै आए । उसको खुशीले संसारलाई नै खुशी देख्न थाल्यो ।  SY0-301 exam  

जसरी संसारमा उज्यालो अँध्यारोको द्वैत अस्तित्व छ त्यसरी नै जीवनमा पनि सुखदुःखखुशीपीडाराम्रोनराम्रोअसलखराबमीठोतीतो घामछाँयाको द्वैत अस्तित्व छ भन्ने सबै विर्सियो । लाग्थोउसको बुझाइमा जीनव खुशीको अद्वैत साम्राज्य हो ।” जीवनमा दुःख भन्ने नै छैन ।

+

उसले मलाई पनि जाउँ भन्यो र भोलिपल्ट हामी हस्पिटल जाने भयौ । ग्याल्जेनले मनभरी मायाआँखाभरी सुन्दर सपनाएक हातमा ढकमक्क फुलेको गुलाफको ठूलो बुकी,  Swarovski Pendants   बुकीका वीचमा मिङ्माको सुन्दर तस्वीर र तस्वीर सँगै एक शुभकामना कार्ड र अर्को हातमा महँगा र मीठा मीठाइको प्याकेट बोकेको थियो । 

हस्पिटल पुग्ने वित्तिकै ग्याल्जेनको खुशीमाथि अर्को खुशी थपियो । नर्सले भनी– “वधाई छ ग्याल्जेन मिङ्माले एक स्वस्थ छोरो जन्माइन । मिङ्मा पनि कण्डिसन राम्रो छ ।

खुशीमाथि खुशी । खुशीको सीमा रहेन । ग्याल्जेन दौडदै कोठाभित्र छि¥यो तर छिर्न नपाउँदै निस्कियो । म प्रतिक्षाकक्षमा बसिरहेको छु ।

एकाएक उसका आँखा फेवाताल जस्ता टिलपिल भए । निधारबाट पसिनाको बागमती बग्न थाल्यो । अनुहारमा औँसी घोप्टियो। कहिल्यै भूकम्प नआउने न्यूयोर्कको धरतीमा एकाएक महाभूकम्प गए जस्तो भयो । एउटा अकल्पित पीडा र कहाली लाग्दो त्रादसीले छोप्यो उसलाई । छिनमै सुकेको रुख जस्तो भयो ऊ ।

अहिले मेरा सामू ग्याल्जेन हैन उराठलाग्दो एउटा सुकेको रुख ठिङ्ङ उभिए जस्तो लागिरहेछ । मूर्तिवत् छ ऊ । मौन छ तर अनुहार र आँखा बोलिरहेछन् । र,भनिरहेछन्– "मेरो जीवनको नदीले मलाइ नै बगायो । बगर बनयो मलाई । मेरो जीवनको वटवृक्ष मैमाथि ढल्यो र किच्यो मलाई । म उभिएको जमीन भाँसिदै छ ।" जीवनको मेलोमेसो एकछिनमा भताभुङ्ग भयो ।

हतास अनुहार र मतिर एकहोरिएका उसका उदास आँखाले मसँग त्रादस मौनतामै निक्कैबेर बात मारे । मुठी बटारिएका छन् उसका । अनुहारले आगो ओकलीरहेको छ । 

निक्कैबेर पछि उसले मुख खोल्यो– “तपाइँले भनेको ठीक रहेछCisco CCNA 200-120 dumps  जति पढे पनि कहिल्यै बुझ्न नसकिने सबैभन्दा अप्ठ्यारो किताब रहेछ मान्छे !

आखिर भयो के...?” मभित्रको अत्यासले मलाई पनि हतास बनाउँदै लग्यो । मैले पनि आफूलाई धेरैबेर मौन राख्न सकिन र सोधेँ ।

उसले छोटो जवाफ दियो– “जसले सपाना जन्माएको थियो उसैले त्यसको हत्या गर्यो” आफ्नो शरीर आफैंलाई थामी नसक्नु बोझिलो भयो उसलाई । थचक्क बस्यो । 

म दौडेर कोठाभित्र गएँ । मिङ्माका आँखा भित्तातिर तानिएका  Cisco 642-902 थिएकुनै आकृतिमा अल्झिए जस्तो तर आकृति विहिन थियो त्यो भित्तो । उसले मतिर हेर्दै हेरिन तर मैले उतिर निक्कैबेर हेरेँ । त्यो भन्दा धेरैबेरसम्म छेवैमा सुताएको उसको छोरालाई हेरेँ । 

हेर्दा हेर्दै ग्याल्जेनलाई सम्झिएँ– “धन्न ग्याल्जेन तिमीलाई हर्ट एट्याक्ट भएनछ !” हे भगवान्तेरो लिला भन्ठाने । के थियोके भयो ?

हेर्दा हेर्दै एकाएक मिङमाको छोराको रुप मेरा सामू एक घनघोर स्वरुपमा परिणत भयो । त्यो सानु बालक एक भयानक पहाड जस्तो भएर उभियो मेरा सामू । ग्याल्जेनलाई कस्तो भयो होला ! मैले अनुमान लाउन सकिन ।

प्रेम घृणामा परिणत भएपछि मान्छे एकाएक पशु बन्न सक्छ । म डराएँ । म अधैर्य जस्तो भएँ तर आफूभित्रको धैर्यताको बाँध फूट्न नदिइ ग्याल्जेनलाई सान्त्वना दिन म बाहिर आएँ ।

विडम्बनाग्याल्जेन त्यहाँ थिएन ! मेरो झोलासँग एउटा किताब थियो । किताब माथि एउटा सानो चिर्कटोमा लेखेको थियो– “यो संसारमा कसले कसलाई विश्वास गर्ने ? के  www.kingdumps.com   उसलाई बेबीसिटरमा त्यहाँ पठाएनु नै मेरो गल्ती भयो त ? के मैले आफ्नो चिहान आफैं खनेको हुँ त ?”

उता मिङ्माले जे जति गरी यो सबै ग्याल्जेनको खुशीको लागि गरी । उसलाई पनि आमा हुने इच्छाले भित्रभित्रै पिरोलीरहेको थियो । त्यो भन्दा बढी बाबु हुने ग्याल्जेनको इच्छालाई मिङ्मा मार्न चाहन्नथी । 

मिङ्माको मातृत्वभावले ग्याल्जेनको पिता बन्ने CCIE 350-001 exam  आकासिदो इच्छालाई पुरा गर्न यो सब गरायो । मिङ्माले सोचेकी थिई त्यो बच्चा आफू जस्तै हुनेछ र ग्याल्जेनको कमजोरीको रहस्य रहस्यमै रहने छ । तर परिणाम उल्टो भइदियो । 

जसलाई आफ्नो ठानेर आश गरिन्छ त्यसबाट निराशा हुँदाको पीडा र जसमाथि विश्वास गरिन्छ त्यसबाट धात हुँदाको घाउ तेजाबको घाउ भन्दा पनि गहिरो हुन्छ । उसको जीवनमा एकाएक लागेको त्यो गहिरो घाउको खाल्डोमा ऊ आफैं गाडियो । र,त्यहीँभित्र हरायो पृथ्वीको घाउमा सीता हराए जस्तै  !

पश्चातापको तावामा जिउँदो माछो भएको ग्याल्जेन अज्ञात छ अहिलेसम्म ।vmware vcp-510 exam   मिङ्मा पनि पश्चाताप र अशान्तिको आगोमा जीवन जलाएर बाँचिरहेकी छे ।

कालो न कालोभैंसीको पाडो जस्तो कालो । Swarovski Figurines लफ्फ्रक्क पेरका ठूल्ठूला ओठ ! भेडाका भुत्ला जस्तो घुङिग्रएको कपाल ! मिङ्माको छोरालाई देख्ता उसको मालिक मेरा आँखामा नाच्न थाल्यो । मिङ्मा कालो जातीको एक मान्छेको घरमा बेबीसिटर काम गर्न थालेको एक वर्ष CompTIA 220-801 dumps   भएको थियो ।

प्रेमले बनेको सम्बन्ध जति नै टुटाउन खोजे पनि टुट्दैन । त्यही सम्बन्ध स्वार्थले बनेको छ भने जति नै बचाउन खोजे पनि बच्दैन । म अझै दुविधामा छु– यो प्रेम हो वा स्वार्थ ? 

 CompTIA sy0-301 exam   

जनवरी ०३, २०१३,

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |