गजल
दिवाकर भट्टराई, (दमौली, तनहुँ)
ताज महल सपनाका, ठडाइदिन्छ सहरले !!
विकाश संगै बिकृति, वढाइदिन्छ सहरले !!
हरेकको नयाँ सपनालाई, मन्त्रमुग्ध गरि
बढावा र घटावा, गराइदिन्छ सहरले !!
सृजनाको नौलो प्रकाश, खोज्ने बहानामा
बीच सडकमा एक्लो, खडाइदिन्छ सहरले !!
कसले जित्ने भलै, ठुलोमान्छे किन नहोश
आगोमा हुमिनेलाई, डढाइदिन्छ सहरले !!
आशाका किरणहरु, देख्न नपाउदै पलभरमा
निर्दोष मानवलाई सूली, चढाइदिन्छ सहरले !!