गजल
अमृत सुबेदी गुराँस, ( तनहुँ)
घर घर बाँडिन्छ पसल पसल बाँडिन्छ
अचेल मान्छेका सपना पल पल बाँडिन्छ
विचरा किसानहरु आशमा बसेका छन्
यसपाली बीऊ बाँडिन्छ मल बाँडिन्छ
यहाँ देशका लागि श्रीमानले ज्यान दियो भने
राहतमा श्रीमतीलाई कम्बल बाँडिन्छ
भो लजाउँदा यसरी खुलेआम नलजाउ
हेर सवको आँखामा तल तल बाँडिन्छ
आफूसँग त केही छैन बाँडौं भने पनि
कि कविता बाँडिन्छ कि गजल बाँडिन्छ