हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

दिवाकर भट्टराई, (दमौली,तनहुँ )




निसन्देह प्रेम बज्रपात नहोस् प्रेम दिवसमा
रातो गुलाब अज्ञात नहोस् प्रेम दिवसमा ।

नयनको पर्दामा नलुकाउनु यादलाई कसैको
भन्नुहोस् चाँडो रात नहोस् प्रेम दिवसमा ।

प्रेमको कठघरामा मान्छे रुन हाँस्न सिक्छ
बिछोड र बिश्वाशघात नहोस् प्रेम दिवसमा ।

बास्नादार फूलहरु फुल्न फक्रन दिनुपर्छ
भेदभाव कहीँ जात नहोस् प्रेम दिवसमा ।

जबर्जस्ती प्रेम दर्शाउँनु विकृति ठानिन्छ
प्रतिरोधमा कतै मात नहोस् प्रेम दिवसमा ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |