गजल
अमृत सुबेदी गुराँस, (तनहुँ)
विना टाउकाका मान्छे कसरी हिँडिरहेछन्
म सक्दिनँ, उनीहरु जसरी हिँडिरहेछन्
शरिरभरी नीलडाम बोकेर न्यायालयहरुमा
न्याय खोज्दै ती सुनाखरी हिँडिरहेछन्
थाप्नेले यस्तो ठाउँमा भट्टी थापिदियो
जहाँ वेरोजगार खासगरि हिँडिरहेछन्
संघर्ष त बरु नदीहरुले गरेका छन्
तिनीहरु दिनभरी रातभरी हिँडिरहेछन्
चराहरुले भन्दा हुन् यी मान्छेहरु सँधै
स्वार्थ र रुपैयाँको वरिपरि हिँडिरहेछन्
चनाखो रहनु भञ्सार र सिमानाहरुमा
प्राय भ्रष्टाचारी र तस्करी हिँडिरहेछन्