हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

यौटीको देउता

रमेश खकुरेल, (काठमाण्डौं)


भतिजा आज मैले के यस्तो सुन्नु प-यो कुरा
सुनेदेखि यहाँ छाती घोच्न थाल्यो तिखो छुरा ।

घरबार नयाँ अर्को जोड्न थाल्यौ अरे तिमी
यो देख्नुभन्दा पहिले किन फाट्तैन यो जिमी ।

म ठान्दथेँ तिमी धेरै ज्ञानी छौ बुद्धिमान् पनि
जानी जानी पाशभित्र पार्दैछौ किन जीवनी ।

दुई डुंगाभित्र खुट्टा हाली कोशी तरूँ भनी
थालेमा छुट्टिँदा डुंगा के होला भन ता अनि ।

ऋण छैन भनेदिखि जमानी भैदिने गर
झगडा छैन घरमा श्रीमती दुइटी भर ।

त्यस्ती लच्छिनकी राम्री बुहारी घरमा छँदै
अर्कीको लोभ के गर्छौ तिम्रो बुद्धि कहाँ छ खै ।

न यताका तिमी हुन्छौ न उताका हुने भयौ
हरे शिव तिमी व्यर्थ बदनाम हुने भयौ ।

पहिले गुन लाएथे भन्ने चाहिँ नसम्झनू
अहिलेको लागि बल्छी हालेथे यो नबिर्सनू ।

धुरी चढ्ने कुरा छाड तिम्रो हात्ती घरै छ नि
दुईको लठुवाभन्दा यौटीकै देउता धनी  ।

Comments

bina

Very nice Gajal Brother keep it up , God bless you

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |