हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सानु

लाली गुराश, (हाल: रियाद)


हृदयभरी तिम्रो याद आउँदा
, सानु
अरुबाट आँसु लुकाउँदै रुने गर्छु म ।

फोनमा तिम्रो मिसकल आउँदा, सानु
आँसु लुकाइ खुशी देखाउने बहाना खोज्छु म ।

तिमीसंग फोनमा कुरा गर्दा, सानु
संसारकै सुखी मान्छे झैं हाँस्ने गर्छु म ।

तिमीसंग कुरा गरीसकेपछि
, सानु
भक्कानिएर छाती पिट्दै रुने गर्छु म ।

चाडवाड अनि विशेष दिनमा, सानु
तिम्रो फोटोमै तिमीसंग बात मार्ने गर्छु म ।

बिरामी भई ओछ्यानमा पसारिदा, सानु|
फेरी भेट हुन्न की भनी छटपटाउने गर्छु म ।

दिनहुँ जोखीमपुर्ण काममा जाँदा, सानु
तिम्रो मायाको अनुभूति हृदयमा टाँस्ने गर्छु म ।

Comments

Hari Paudel

मार्मिक लाग्यो।

jas rana

it\'s so good

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |