हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अभिशप्त वराहहरू

दीपक जडित, (हवाई, अमेरिका)





(लघुकथा)
Swarovski Earrings   Swarovski Necklaces   Swarovski Pendants  

ठूलो क्षेत्रफलमा आवश्यकता अनुशारले पोखरी थियो, जंगल थियो, पहाडजस्तै लाग्ने थुम्का थुम्कीहरू थिए र प्रसस्त मैदान पनि थियो । त्यहाँ विभिन्न जातीका बन्यजन्तुहरू भएपनि बाहुल्य भने वराहहरूको थियो । प्रकृतिले नै प्रदान गरेको प्रवल सम्भावना अनुशार त्यस क्षेत्रमा ठूलो बंगुर पालन शुरु भयो । स्थानिय जातका हर्रा, कालो सुँगुर र जंगली बँदेल देखि बिदेशी फार्महरूबाट ल्याइएका उन्नत जातका बँगुरहरू पनि पाइन्थे त्यहाँ ।
leather ipad cases   Swarovski Brooches  
फार्मको उन्नती देखेर डाहा गर्ने बाहिरियाहरूले उपभोक्ताको रुपमा आएर हर्रो, कालो सुँगुर र जंगली बँदेल पनि पालेर बोर्डमा बँगुर पालन लेख्न नमिल्ने भन्दै विरोध गरे । विरोध गर्नेहरूको कुत्सित उद्ध्येश्य सके फार्म नै बन्द गराउने नत्र फार्मको साख गिराउने थियो । त्यसैले स्वभाविक रूपमा विरोधले उग्र आन्दोलनको रूप लियो र बोर्डमा बँगुर पालन मेटाएर सुँगुर पालन लेखियो । त्यसले फार्मको साख घट्ने त थियो थियो यता फार्म भित्रका हर्रो, सुँगुर, बँगुर र बँदेलहरू सबैमा राजनैतिक चेतना समेत रोपिदियो । सुँगुरहरू आफ्नो प्रजातीका हिसाबले बोर्डमा नाम लेखिएकोमा घमण्ड गर्न थाले । उनीहरू बँदेल र बँगुरलाई मान भाऊ दिइरहनु नपर्ने कुराले गमक्क फुलेर हिँड्थे भने हर्रोहरूलाई त गन्दै गन्दैनथे । बँदेल र बँगुरहरू भने आफ्नो प्रजातीको मानहानी भएको ठहरमा पुगे र बिरोध गर्न थाले । हर्रोहरू आफूलाई सबैभन्दा निम्नकोटीको प्रजातीमा पारिएकोले रुष्ट भएर विरोधमा उत्रे ।
vmware vcp-510   Cisco 200-101 
फार्म भित्रको विरोधले पनि आन्दोलनको रूप लियो र फार्मको वातावरण झन् झन् भयभित हुँदै गयो । वातावरण शान्त राख्न अनेक प्रयासहरू भए तर सबै व्यर्थ ।
Cisco 642-902   SY0-301 exam   350-001 dumps  
हरेक प्रजातीले आफ्नो नाम बोर्डमा लेखिनुपर्ने अड्डी कसेर आन्दोलन गर्न थाले । एउटा बोर्डमा कस्को नाम लेख्ने! संचालकलाई आपत पर्यो । फार्मलाई अलग अलग छुट्याएर अलग अलग बोर्डमा सबैको नाम लेख्ने कुरा निकालियो । तर फार्मलाई अलग अलग क्षेत्रमा कसरी छुट्याउने त्यो झन् ठूलो झमेला भयो । एकातिर पोखरी, एकातिर थुम्का थुम्की, एकातिर जंगल र एकातिर मैदान भएको फार्ममा सबै प्रजातीलाई सबै थोक मिलाउन नसकेर आन्दोलन र अशान्ती यथावत रहिरह्यो । आफू आफूले यो झमेला मिलाउन नसकेपछि संचालकले अन्तत: फार्मको साख घटाउने मनसायले शुरुमा विरोध गरेर आन्दोलनको बीउ रोपिदिने बाहिरियालाई गुहार्नु पर्यो । बाहिरियाहरू मौकाको ताकमा थिए । तिनले आफूले चाहे बमोजिमले फार्म सञ्चालन गर्न पाउने कानुन् बनाएर जिम्मेवारी लिएपछि फार्मको बोर्डमा अँग्रेजीबाट 'पोर्क फार्म' लेखिदिए ।
top louis vuitton handbags  
त्यो देखेर फार्म भित्र बोर्डमा आफ्नो नाम लेखिनुपर्छ भन्दै आन्दोलन गर्ने सबै मख्ख परे । आफ्नो मौलिकता गुमेको हेक्का नराखी उनीहरू अंग्रेजीमा नाम लेखिएकोमा खुशी भएर नयाँ विदेशी संचालकको स्तुती गाउन थाले । भोलीपल्ट देखि नयाँ संचालकले सबै प्रजातीका; बँदेल, बँगुर, सुँगुर, हर्रोहरूलाई उतानो पारेर लडाउँदै कोखामा छुरा रोपेर मार्दै व्यापार बढाउन थाल्यो । जिन्दगीभर शारिरिक कारणले मुन्टो उचालेर आकाश देख्न नसक्ने बराहहरूले नयाँ संचालकले कोखामा छुरा घोप्न उत्तानो पार्दा आकाश देख्थे तर शिरमाथिको आकाश कति फराकिलो छ भनेर अरुलाई बुझाउन नपाई परमधाम पुग्थे ।
Cisco CCNA 200-120 dumps  
त्यसैले आजपनि त्यस फार्मका वराहहरू चुपचाप धर्तीमै मुन्टो जोतेर जुनी फाल्न अभिशप्त छन् ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |