हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आधा घैँटो पानी

हरि पौडेल , (नेदरल्यान्ड)


मेरो
स्थान यहाँ हो भनि 

ल्किएको होइन 

मेरो उपस्थिती यहाँ भनि 

ल्किएको हुँ 

आधा घैँटो पानी 

ल्किनु स्वाभाविक हो 

आगोको धर्म पोल्नु हो 

पानीको धर्म शितल दिनु हो 

कसैको धर्म श्रृष्टि गर्नु हो 

भने 

कसैको धर्म संहार गर्नु हो 

मेरो धर्म ??

भैगो ! अघि भनि हाले नी !

आधा घैँटो पानी 

ल्किनु स्वाभाविक हो 

जल भन्दा सुक्ष्म ज्ञान हो भन्छन 

क्रोध आगोभन्दा पनि जलनशील रे !

पाप पृथ्वीभन्दा पनि गर्हौ भन्छन 

कलंक गाजलभन्दा पनि कालो रे !

दर्शनका कुराहरु जस्ता छन् 

ओहो ! कसरि यो ज्ञान पाइस 

भन्नु हुला नी !

भैगो ! अघि भनि हाले नी !

आधा घैँटो पानी 

ल्किनु स्वाभाविक हो 

सुखदेव जन्मदै सार्है ज्ञानी थिए भन्छन 

रुँदै पछिलागेका बाबुआमालाई 

जन्म मृत्युको पाठ पढाउँदै 

बन तिर लागे रे !

श्री कृष्णले पनि 

जन्म मृत्युको पाठ पढाउँदै 

अर्जुनलाइ युद्ध गर्न लगाए भन्छन 

जन्म मृत्युको अर्थ बुझ्ने 

कर्म योगी भई 

मृत्युको डरलाई जितेछन रे !

तैले बुझिछस भन्नु होला नी !

भैगो ! अघि भनि हाले नी !

आधा घैँटो पानी 

ल्किनु स्वाभाविक हो 

सबै विद्वान बुद्धिमान 

कहाँ हुन्छ  ?

बुद्धी प्राकृतिक हो 

ईश्वरको देन हो 

त्रेतायुगमा रावण जस्तो विद्वान 

अरु कोइ थिएनन रे !

किन मुर्ख रावण भनि भन्छन ?

ऋषी मुनी सबै 

जन्मजात ज्ञानी नै हुन्छन 

भन्ने पनि कहाँ हो !

हत्यारा बाल्मिकी पनि 

महर्षी हुनसक्दारैछन् !

मानवी राक्षसी स्वभावमा 

अति सुक्ष्म फरक पो रहेछ !

अब "हरि" यत्रो बुद्धी कहाँबाट पाइस 

भन्नु होला नी !

भैगो ! अघि भनि हाले नी !

आधा घैँटो पानी 

ल्किनु स्वाभाविक हो 

Comments

Hari Paudel

मेरो रचनालाई यस वेब साइटको योग्य सम्झनु भएकोमा KhassKhass परिवारलाई आभारिका साथ धेरै धेरै धन्यवाद दिन चाहन्छु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
हरि पौडेल 
नेदरलैंड 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |