हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

राजु मुखिया \'दर्पण\', (दोहा, कतार )



चन्द्रमाझैं अँधेरीमा ज्योती छर्न सक्दिन म
सत्य धर्म झुटो बाचा अँह गर्न सक्दिन म

तिम्रो मेरो जिन्दगीको लक्ष्य एकै भएपछि  
मजधारमा हातछोडी एक्लै तर्न सक्दिन म

अन्तिम सास रहेसम्म, युद्ध गर्छु बैरीसँग
गोर्खालीको सपुत हुँ पछि सर्न सक्दिन म

जन्म दिने मेरी आमा तिमीलाई रुवाएर
पराईको मुहारमा, हाँसो भर्न सक्दिन म

सपनिमा शहिद संग केहि बाचा गरेकोथें
बाचा पुरा नगरी त कसम मर्न सक्दिन म

Comments

govinda rawat

वा वा राजु सर तपाईको गजलमा दम छ । निरन्तरता दिईयोस ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |